कोरोनाबाट हङकङमा एक नेपाली महिलाको मृत्यु…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ डिसेम्बर। कोरोना भाइरसका कारण हङकङमा एक नेपाली महिलाको मृत्यु भएको छ।

कोरोनाबाट ७३ वर्षीया नेपाली महिलाको बुधवार क्वीन एलिजाबेथ अस्पतालमा मृत्यु भएको अस्पताल अधिकारीले जनाएको छ।

पोखरा घर भएकी उनी सेप्टेम्बर पहिलो सातातिर नेपालबाट हङकङ आएकी थिइन्।

दीर्घकालीन रोगले पीडित घले थरकी महिलालाई अक्टोबरको शुरूमा ज्वरो, बान्ता र पखाला लागेपछि क्वीन एलिजाबेथ अस्पतालमा भर्ना गरिएको थियो।

फाइल फोटो

उपचारपछि कोरोना परीक्षणमा नेगेटिभ पाइएपछि उनी क्वारान्टिनबाट निस्केकी थिइन्। श्वास प्रश्वासको समस्या देखिएपछि उनलाई पुनः अस्पताल भर्ना गरिएको थियो।

गहन देखभाल इकाईमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको जनाइएको छ।

यससंगै सरकारी अस्पतालमा कोरोनाबाट मृत्यु हुने संख्या १०८ पुगेको छ। कोरोनाबाट हङकङमा ११० जनाको ज्यान गइसकेको छ।





Comments

comments

39524