नेपालबाट हङकङ फर्केका ३ जनालाई कोरोना संक्रमण

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ डिसेम्बर। नेपालबाट हङकङ फर्केका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार विहीवार ११ जना आयातित संक्रमित थपिएका छन्।

आयातित संक्रमितहरुमा नेपालबाट हङकङ फर्केका ३ जनासहित इन्डोनेसियाली घरेलु सहयोगी, फिलिपिनो घरेलु सहयोगी, रसिया र फ्रान्सलगायतबाट हङकङ फर्केका रहेका छन्।

फाइल फोटो

हङकङमा विहिवार आयातितसहित थप ९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यससंगै, हङकङमा कोरोना संक्रमितको संख्या ६,५९० पुगेको छ।





Comments

comments

39529