हङकङ आगलागीमा ज्यान गुमाएकी अनिताको अन्त्येष्टि…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ डिसेम्बर। हङकङ आगलागीमा ज्यान गुमाएकी अनिता निरौलाको शुक्रवार दिउंसो अन्त्येष्टि गरिएको छ।

जन्मदिवसको पार्टी र दीपावली मनाउंने क्रममा आगलागी हुंदा ज्यान गुमाएकी निरौलाप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न हुङ होमस्थित फ्युनरल पार्लरमा हङकङेली नेपाली भेला भएका थिए।

अब तस्वीर र सम्झनामा मात्र। फोटोः पूर्णिमा जी शाहको फेसबूकबाट

निरौला परिवार हङकङ, आफन्त साथीभाइ तथा नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरुसहित हङकङेली नेपालीले भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दै अनितालाई अन्तिम विदाई गरेका थिए।

अनिताको पार्थिव शरीरलाई चाई वानस्थित दाहसंस्कार स्थलमा अन्त्येष्टि गरिएको छ।

नोभेम्बर १५ तारिख साँझ जोर्डनको क्यान्टोन रोडस्थित नेपाली रेष्टुरेण्ट जीरे खुर्सानीमा भीषण आगलागी हुंदा अनितासहित ८ जनाको ज्यान गएको थियो।

दुर्घटनामा १० जना घाइते भएका थिए।

हङकङ आगलागीमा ज्यान गुमाएका नेपाली बाबुछोराको अन्त्येष्टि…

.
.




Comments

comments

39537