हङकङ पाँचथर मंचबाट जन्तरे मामाको घर बनाउन आर्थिक सहयोग…

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, गायक जन्तरे मामाको रुपमा भाइरल भएका अमित कुमार राईको घर निर्माणको लागि सहयोगार्थ रकम हङकङ पाँचथर मंचका पूर्ब सह- सचिव भुपेन्द्र योङया ( साक्थिम ) र पूर्ब अध्यक्ष टिका माखिम फुङ्लेपद्वयबाट १ लाख ७७ हजार १७ रुपैंया हस्तान्तरण गरिएको छ।

हङकङ पाँचथर मंचका सल्लाहकार प्रताप कोयु राईको सक्रियता र संयोजकत्वमा दमकस्थित चारकोल रेस्टुरेण्टमा आयोजित एक कार्यक्रम बीच भाइरल गायक जन्तरे मामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो। रकम हस्तान्तरणपछि जन्तरे मामाले केही गीतहरु पस्किएर स्थानीय आधा दर्जन कलाकारहरुका साथमा मनोरञ्जन दिलाएका थिए।

.

जन्तरे मामाको घर निर्माणको लागि गठित समितिले चांडै नै अन्य रकमको जोहो गरेर घर निर्माण थालिने हङकङ पाँचथर मंच भूपू सह- सचिव तथा गायक साक्थिम योङयाले बताए।

.

स्वर सम्राट नारायण गोपालको गीत हुबहु गाउने गायक जन्तरे मामा भनेर मिडिया तथा सोसल मिडियामामा भाईरल भएपछि उनको एकल तथा चर्चित गायिकाहरु मेलिना राई, एलिना चौहानसंग युगल गीतहरु पनि रेकर्ड गरिएको थियो। आर्थिक अवस्था कम्जोर रहेका गायक जन्तरे मामाको घर नभाएको कुरा आएपछि हङकङ पाँचथर मंचले रकम संकलन गरि पठाएको हो।

.
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

39919