राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२१ डिजिटलमा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, हाल अमेरिकामा रहेका ग्ल्यामर फोटोग्राफीमा निक्कै नै चर्चित रहेका नेपालका ग्ल्याम फोटोग्राफर राजिब श्रेष्ठले अमेरिका बाट बिगत ४ बर्षदेखि हरेक बर्ष अंग्रेजी नयाँ बर्षमा निकाल्दै आएको ग्लाम क्यालेन्डर सन् २०२१ को संस्करण कोभिड-१९ को महामारीले गर्दा डिजिटल फर्म्याटमा निकालेका छन्।

1

अमेरिकामा रहेका नेपाली मोडलहरुको फोटोशुट गरी क्यालेन्डरको रुपमा सन् २०१८ देखि फोटोग्राफर राजिब श्रेष्ठले ग्लाम क्यालेन्डर प्रकाशन गर्दै आएका छन्। एक बर्ष अर्थात् सन् २०२० को अवधिमा खिचेका फोटोहरुमध्ये उत्कृष्ट र आकर्षक फोटाहरु समाबेश गरिएको नयाँ बर्ष २०२१ को ग्लाम क्यालेन्डर फोटोग्राफर राजिब श्रेष्ठको आधिकारिक सामाजिक संजाल facebook.com/rajivphotobank र instagram/rajivshresthaphotography मा उपलब्ध छन्।

2

सामाजिक दूरी कायम गर्नु पर्ने भएकोले ग्ल्याम फोटोग्राफी गर्न पनि गाह्रो भएको श्रेष्ठले बताएका छन् । हरेक महिनाको पानामा एक मोडललाई प्रस्तुत गरिने ग्लाम क्यालेन्डर २०२१ मा नेपाल र अमेरिकाको ३ जना मोडल मात्र समावेश भएका छन्। समावेश भएको मोडलहरुमा नेपालबाट मिस नेवा शोभा महर्जन , मिस नेपाल युस २००९ को शुरभी खनाल र २०२० मा अमेरिकाबाट चर्चित कला न्यौपाने रहेका छन्।

3

ग्लाम क्यालेन्डर २०१८ अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले बिमोचन गरेका थिए भने २०१९ क्यालेन्डर ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले गरेका थिए । २०२० को क्यालेन्डर नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव रेम बिश्वोकर्माका साथै नेपाल अमेरिका फिल्म सोशाईटीका अध्यक्ष पूर्णसिंह बराईली, मिस नेपाल यु एस ए सुरबी खनाल, मोडेल कला नेउपाने र नेपाली पत्रकारहरुको अन्तर्रास्ट्रिय संजाल ईन्जाका अध्यक्ष गुणराज लुँईटेलले संयुक्तरुपमा गरेका थिए।

4

राजिव श्रेष्ठको फोटो ग्राफी कलाले नेपाल र नेपाली संस्कृतिलाई जोड्न सहयोग पुग्ने कुरा यस क्षेत्रका व्यक्तित्वहरुले बताउने गरेका छन्। ‘झट्ट हेर्दा मोडल र ग्ल्यामर होला तर राजिव श्रेष्ठको मोडलिङ्ग फोटोग्राफीले नेपालमा एउटा नयाँ आयाम ल्याएको थियो, अब यो क्रम अमेरिकामाको नेपाली माझ पनि स्थापित भएको पाएँ’- भर्जिनिया निवासी व्यवसायी भरत बराइलीले भने।

5

नेपालमा रहँदा फोटोग्राफर राजिब श्रेष्ठले नै चर्चित नायिकाहरुको ग्लाम फोटोशुट गरी बि.स.२०६५ मा यामाहा ग्लाम २०६५ क्यालेन्डर प्रकाशन गरी ग्लाम क्यालेन्डरको सुरुवात गरेका थिए।

6
7
8
9
10
11
12

 





Comments

comments

39916