‘उड्नु छ आज’ भन्दै आईन गायिका सीमा संग्रौला

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

धरान, दस बर्ष अघि “नोट ” एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा पदापर्ण गरेकी धरानकी गायिका सीमा संग्रौलाले लामो समयपछि “उड्नु छ आज ” बोलको गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन्।

नोट एल्बमको ” के नै रुनु छ र ” बोलको गीतबाट त्यही बर्ष हिट्स एफएम म्युजिक अवार्डबाट सर्वोत्कृष्ट नव प्रतिभाको अवार्डसमेत हात पार्न सफल गायिका सिमा संग्रौलाको के नै रुनु छ संगै जितेर मेरो मन , यो बैंश भित्र के छ , उताउलो मोरोले ताल पार्यो लगायतका गीतहरु लोकप्रिय रहेका छन।

मेलोडी , फ्युजन र टिपिकल नेपालीपनका गीतहरु गाउन मन पराउने उनले “उड्नु छ आज ” गीत बिशाल पाण्डेसंग मिलेर संगीत तथा रचना गरेका छन्। यसअघि ३ महिना अघि मात्र उनले बिशाल पाण्डेसंग मिलेर नै “माया आउन नजिक ” बोलको गीतको गीत तथा म्युजिक भिडीयो सार्वजनिक गरकी थिईन्।

लकडाउनको समयमा अडियो तयार गरि लकडाउन खुलेपछिको समयमा पर्यटकीय नगरी पोखरा र यस आसपासका क्षेत्रमा खिचिएको भिडीयोको छायांकन ,सम्पादन तथा निर्देशन बिशाल पाण्डेले गरेका छन्।

.

“उड्नु छ आज ” गीतलाई गायिका सीमाले आफ्नो प्रेरणादायी गीतको रुपमा लिएको बताउंछिन् । यहि गीतमा भने झैँ उनी अब भने निरन्तर संगीतमा आफ्नो पाइला चाली रहने बताउंछिन्।

“हातेमालो गर्दै हामी सफलताको पाइला चालौं ,
आवौं सबै मिलि हामी एकता को गीत गाऔं ”

म्युजिक भिडियो लिंक :





Comments

comments

40018