हङकङमा नेपाली समुदायभित्र फैलियो कोरोना…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ जनवरी। पछिल्लो समय कोरोनाको ईपिसेन्टर बनेको जोर्डन रिक्लेमेसन स्ट्रीटमा विहीवार थप ६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हङकङको स्वास्थ्य विभागले जनाएको छ। यससंगै यहाँको कोरोना सङ्क्रितको संख्या २७ पुगेको छ।

थप सङ्क्रमणको आशंकामा २०, २२, २४ र २६ रिक्लेमेसन स्ट्रीटमा बसोबास गरेका सबैलाई त्यहाँबाट हटाएको छ। आज बिहान करीब ६ बजे कम्तीमा ५० जनालाई क्वारेन्टिनको लागि क्वुन तोङमा पठाइएको हो। यसै क्रममा ज्वरोले च्यापेका एक जनालाई कोरोना सङ्क्रमणको आशंकामा क्वीन एलिजाबेथ अस्पतालमा लगिएको छ।

बुधवारमात्र जोर्डनमा १३ जनामा कोरोना सङक्रमणको पुष्टि भएको थियो। चुन क्वान ओ लाम टिन टनेल निर्माण क्षेत्रमा काम गर्ने एक कामदारलाई बुधवार सङ्क्रमणको पुष्टि भएको छ। उनी १६८ शंघाई स्ट्रीटका बासिन्दा हुन्। यससंगै कोरोना प्रभावित क्षेत्रले ठूलो आकार लिन थालेको छ। कोरोना प्रभावित क्षेत्र बढेर ३१५ नाथान रोड र मोङ कोकसम्म पुगेको छ।

पशन तमूद्वारा तयार पारिएको भिडियो समाचार सुन्नुहोस्

भिडियो हेर्न इमेजमा क्लिक गर्नुहोला।

रिक्लेमेसन स्ट्रीटको आसपास रहेको ५७७ क्यान्टोन रोडमा पनि दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। सङ्क्रमितहरुमा सेन्ट्रल काउलुन रुट सेन्ट्रल टनेल परियोजनामा काम गर्ने २५ र २६ वर्षीया दुई महिला रहेका छन्।

नेपालीको ठूलो आवादी रहेको जोर्डन कोरोनाको ईपिसेन्टर बन्दा धेरै नेपालीहरु चिन्तित बनेका छन्।

केही दिन यता तीब्र रुपमा नेपाली समुदायमा फैलिएको कोरना चुन क्वान ओ – लाम टिन टनेल निर्माण साइटमा काम गर्नेबाट स्थानान्तरण भएको अनुमान गरिएको छ। आज पनि थप २ जनामा सङ्क्रमणको पुष्टि भएको छ। यससंगै लाम टिन टनेलसंग जोडिएका सङ्क्रमितको संख्या ४४ पुगेको छ।

प्रकोप बढ्नबाट रोक्न चारवटा भवन खाली गरिएको छ। Photo: SCMP

हङकङको खाद्य तथा स्वास्थ्य ब्यूरोले हङकङका सबै निर्माण साइटका श्रमिकहरूलाई १५ जनवरीदेखि ३१ जनवरीसम्म निशुल्क भाइरस टेस्ट गर्न अपिल गरेको छ। अनलाईन बुकिङमार्फत निशुल्क भाइरस टेस्ट गर्न सकिने छ। अनलाईन बुकिङ नगरेमा भाइरस टेस्टिङ सेवा शुल्क २४० डलर लाग्ने जनाइएको छ।





Comments

comments

40037