साहसी गोताखोर सलामी बने वर्ष जवान, दाहाललाई उत्कृष्ट बाहिनी अवार्ड

सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हबलदार ओमबहादुर सलामीलाई वर्ष जवान छनोट गरेको छ। सशस्त्र प्रहरी बलले संगठनमा पु¥याएको विशिष्ट योगदानको उच्च कदर गर्दै सलामीलाई वर्ष जवान २०७७ छनोट गरेको हो।

आज शुक्रबार मनाइने २०औं वार्षिकोत्सवमा सलामीलाई वर्ष जवान घोषणा गरिने भएको छ । सशस्त्र प्रहरी बलले वर्षभरि उत्कृष्ट काम गर्ने तल्लो तहका कर्मचारीहरू जवानदेखि वरिष्ठ हबलदारसम्मको कामको उच्च मूल्यांकन गर्दै उनीहरूबाटै वर्ष जवान छनोट गर्दै आएको छ।

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले बिल्लादार जवानमा ऊर्जा प्रदान गर्न २०६९ सालदेखि वर्ष जवान घोषणा गर्न थालेकामा सशस्त्रले यसलाई निरन्तरता दिँदै आएको छ ।वर्ष जवान घोषणा भएकालाई सशस्त्र प्रहरी बलले एफपीयू मिसनमा उच्च प्राथमिकता दिँदै आएको छ । वर्ष जवान घोषित व्यक्तिलाई एफपीयू मिसनमा स्वतः छनोट गर्ने गरिएको छ।

यसैगरी, वर्ष जवान घोषणा भएका कर्मचारीका एक सन्तानलाई कल्याणकारी कोषमार्फत १२ कक्षासम्म अध्ययन गर्न वार्षिक २४ हजार रुपैयाँका दरले छात्रवृत्ति दिने गरिएको छ । यस्तै सशस्त्र प्रहरी महानिरीक्षकबाट छातीमा लगाउन वर्ष जवानको ट्यागसमेत प्रदान गर्ने गरिन्छ । वर्ष जवान घोषणा गरिँदा १० हजार रुपैयाँ नगद र प्रशंसापत्र पनि प्रदान गर्ने गरिन्छ । वर्ष जवान घोषणा भएकालाई संगठनभित्रै पनि उच्च मूल्यांकनका साथ हेर्ने गरिन्छ।

हबलदार ओमबहादुर सलामी

सरकारले पछिल्ला दिनमा गोताखोरको वृत्तिविकास र आर्थिक सहयोगमा विशेष ध्यान दिइरहेको छ । केही समयअघि मात्रै सरकारले गोताखोरलाई १० लाख रुपैयाँको बिमा गर्ने र उद्धारमा खटिएको दिनको ३ सय रुपैयाँ भत्ता दिने निर्णय पनि गरेको थियो।

सशस्त्र प्रहरी बलले भने गोताखोरका दुई जना सन्ततिलाई एपीएफ स्कुलमा १२ कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउँदै आएको छ । सशस्त्र प्रहरी बलद्वारा सञ्चालित कल्याणकारी कोषमार्फत यो व्यवस्था मिलाइएको हो । तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले २०६६ सालमा सशस्त्र प्रहरी बलमा कल्याणकारी कोषको स्थापना गरेका हुन्।

वर्ष जवान घोषणा भएका सलामी सुर्खेतको लेकबेंसी नगरपालिका–३ ब्याँवरे निवासी हुन् । अहिले उनी कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत छन् । उनी खोताखोर पनि हुन्।

३ कात्तिक २०६३ मा सशस्त्र प्रहरी बलमा सेवा थालेका सशस्त्र प्रहरी सहायक हबलदार सलामी कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट उद्धारका लागि मुुलुकका धेरै भागमा पुगेका छन् । पृथ्वी राजमार्गअन्तर्गतका विपद्जन्य घटनामा उनी उद्धारमा नगएको घटना त कमै छन् । उद्धारका लागि उनी सोलुखुम्बुका अलावा बाँके, पोखरा, दांग, नुवाकोट, पाल्पा, तनहुँलगायत जिल्ला पुगेका छन्। राजधानी दैनिकमा समाचार छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40163