सबै प्रदेशमा पठाइयो कोभिड विरुद्धको खोप

सरकारले सातओटै प्रदेशमा कोरोना विरुद्धको खोप पठाएको छ । बुधवारदेखि देशभर एकसाथ खोप लगाउन शुरू गर्ने योजना अनुसार केन्द्र सरकारले प्रदेशमा खोप पठाएको हो।

आइतवार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजेदेखि ७७ ओटै जिल्लाका ३०० ओटा खोप केन्द्रमार्फत खोप अभियान शुरू गर्नेगरी प्रदेशमा खोप पठाइएको जानकारी दिए।

.

नेपालले भारतबाट सहयोगस्वरूप गत बिहीवार १० लाख डोज खोप प्राप्त गरेको थियो । उक्त खोप भारतको सेरम इन्स्टिच्युटले अक्सफोर्ड–अस्त्राजेनेकासँगको सहकार्यमा उत्पादन गरेको हो । खोप माइनस २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण सकिनेछ । आइतवार केन्द्र सरकारले सबै प्रदेशका क्षेत्रीय मेडिकल स्टोरमा खोप पठाएकोमा प्रदेशले मंगलवारसम्ममा सबै जिल्लामा खोप वितरण गर्नेछ।

देशभर पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाइने मन्त्री त्रिपाठीले बताए । पहिलो चरणको खोप अभियान १० दिनसम्म चल्नेछ। पहिलो डोज लगाइएको २८ दिनपछि मात्र दोस्रो डोजको खोप लगाउन शुरू गरिने बताइएको छ। आर्थिक अभियान दैनिकमा समाचार छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40234