हङकङ कोरोना अपडेट : हङकङमा दोश्रो पटक लकडाउन…, अरु क्षेत्रमा पनि गरिने…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

– हङकङ कोरोना अपडेट : यो मा तेई पिट स्ट्रीटमा ११ घण्टा लकडाउन…
– आज ६४ सङ्क्रमित थपिए, २ जनाको मृत्यु,
– १ डाक्टर र ३ जना नर्सलाई कोरोना सङ्क्रमण…
– निषेधित क्षेत्र जोर्डनमा बस्ने १२ जनामा कोरोना पोजेटिभ

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,२२३ पुगेको छ। सङ्क्रमितहरुमा ६३ स्थानीय र १ आयातित रहेका छन्।

संक्रमितहरुमध्ये ४२ पुराना केससंग संबन्धित छन् भने २१ जनाको संक्रमणको स्रोत खुलेको छैन। सङ्क्रमितहरुमा १ वर्षको बच्चादेखि ७२ वर्ष उमेरबीचका नागरिक रहेका छन्।

आज पनि ५० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएका छन्।

सङ्क्रमितमध्ये निषेधित क्षेत्र जोर्डनमा बस्ने १२ जनामा कोरोना पोजेटिभ देखिएको छ।

स्वास्थ्य विभागका एक डाक्टरसहित क्वीन एलिजाबेथ अस्पतालका ३ जना नर्स गरी ४ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ।

भिडियोमा ताजा समाचार अपडेट

आज पनि थप केही भवनहरुमा बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गर्न सुझाव दिइएको छ। ति भवनहरुमा Block R, Luk Yeung Sun Chuen Tsuen Wan र Yan Fu House, Tin Fu Court, Tin Shui Wai, Sham Shui Po Asian Building, 254-258, Cheung Sha Wan Road र 241, Apliu Street रहेका छन्।

त्यसै गरी, Man Fai Building, Man Yuen Street, Jordan, 115, Shanghai Street, Prospect Building 491-493A, Nathan Road, Cheong Lok Mansion at 2F-2H Cooke Street Hung Hom रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार ९,१०१ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ८५२ जनाको उपचार भइरहेको छ। ३४ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट थप २ जना विरामीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा दुई जना ८६ र ९० वर्षीया महिला रहेका छन्। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७३ पुगेको छ।

फोटो सौजन्यः thestandard.com.hk

यो मा तेई पिट स्ट्रीटमा ११ घण्टा लकडाउन…

सरकारले आज साँझ ७ बजे यो मा तेई पिट स्ट्रीट र तुङ अन स्ट्रीटमा ११ घण्टा लकडाउनको घोषणा गरेको छ।

साँझदेखि 9-27 Pitt Street र 3 Tung On Street का कुल ११ भवनलाई निषेधित क्षेत्र घोषणा गरी त्यहाँ बस्ने सबैको भाइरस परीक्षण गरेको छ। सरकारी अधिकारीका अनुसार लकडाउन भोलि बिहान ६ बजे खुल्ने अनुमान गरिएको छ।

हङकङकी कार्यकारी प्रमुख क्यारी लामले आज बिहान बोल्दै हङकङका केही क्षेत्रहरुमा निरन्तर लकडाउन गरी भाइरस परीक्षण गर्दै जाने बताएकी थिइन्। कोरोनाको प्रकोप फैलिएपछि हङकङमा लकडाउन गरिएको यो दोश्रो पटक हो। यसअघि जोर्डनमा गत शनिवार रातिदेखि सोमवार बिहानसम्म ४८ घण्टाको लागि पहिलो पटक लकडाउन गरिएको थियो।





Comments

comments

40259