हङकङ कोरोना अपडेट : हङकङमा आज पनि एम्बुस लकडाउन जारी, थप सङ्क्रमित संख्या ५३ …

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३१ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,४५३ पुगेको छ। सङ्क्रमितहरुमा ४४ स्थानीय र २७ आयातित रहेका छन्।

आयातितमध्ये इन्डोनेसियाबाट आएका ६ जना घरेलु सहयोगीहरू, २ फिलिपिन्सका र १ रसियाबाट हङकङ आएका रहेका छन्।

संक्रमितहरुमध्ये २७ पुराना केससंग संबन्धित छन् भने १७ जनाको संक्रमणको स्रोत खुलेको छैन।

आजको ताजा भिडियो समाचार हेर्नुहोस् 🙏

नेपालीहरुसमेत काम गर्ने हङकङ अन्तर्राष्ट्रिय एयरपोर्टको तेस्रो रनवे निर्माण साइटमा थप ४ जना श्रमिकमा कोरोना पोजेटिभ देखिएको छ। साथै यसअघि सङ्क्रमित भएका श्रमिकका परिवारका २ जना सदस्यमा कोरोना पोजेटिभ देखिएको छ। योसंगै यससंग जोडिएका कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ।

समाचार अपडेट भिडियो

आज पनि थप केही भवनहरुमा बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गर्न सुझाव दिइएको छ। ति भवनहरुमा
159, Reclamation Street,
251-252, Ferry Street,
165-167, Temple Street,
1-7, Man Cheong Street Yau Ma Tei
र 258, Apliu Street Sham Shui Po रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार ९,४२३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ७६५ जनाको उपचार भइरहेको छ। २८ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८१ पुगेको छ।

लाम टीनमा लकडाउन

सरकारले कोरोना नियन्त्रणको लागि आज पनि एम्बुस लडडाउन जारी गरेको छ। लाम टीनको लगुना सिटीको दुई ब्लकमा साँझ ७ बजेदेखि सोमबार विहान ७ बजेसम्मको लागि लकडाउन गरेको छ। त्यहाँ बस्ने सबैको भाइरस टेस्ट गरिने जनाइएको छ।

फाइल फोटो




Comments

comments

40359