दुई दिनमा कोरोनाबाट मृत्यु सङ्ख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुनः थप भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार थप ८३ जनाको कोरोनाले मृत्यु भएको छ। यसअघि बुधबार मात्रै मन्त्रालयले ६१८ जना मृतक थपिएको जानकारी दिएको थियो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र कोभिड सङ्कट व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) कोरोनाका कारण मृतकको शव गणनामा अन्तर आएकोमा मन्त्रालयले गठन गरेको छानबिन समितिपछि बिहीबार थप ८३ र बुधबार थप ६१८ जना मृतक थपिएको हो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले क्राइसिस म्यानेजमेन्ट सेन्टर र इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रको सिफारिसमा बिहीबारसमेत मृतकको सङ्ख्या संशोधन गरी ८३ जना थपिएको जानकारी दिए। उनले केही सङ्ख्या अझै प्रमाणित हुन बाँकी रहेकोले थप बढ्न सक्ने बताए।

फाइल फोटो
थपिएका मृतकसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ७६७ पुगेको छ । पछिल्लो दुई दिनमा मन्त्रालयको नियमित तथ्याङ्कभन्दा ७०१ जना मृतक थपिएका छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।





Comments

comments

40823