रेल सञ्चालन झनै अनिश्चित

पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ।

जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमतिसम्मका विषय टुंगो लगाउन बाँकी छ।

रेल्वे कम्पनीले अन्तरदेशीय अनुमति लगायतका विषय टुंगो लागिसकेको जनाउँदै चाँडै रेल सञ्चालन हुने दाबी गर्दै आए पनि कानुनी जटिलता, जनशक्ति तथा संरचना टुंगो लाग्न बाँकी नै छ । रेल सञ्चालन गर्ने भनिए पनि ‘कुन कानुनका आधारमा सञ्चालन गर्ने ?’ भन्ने मुख्य समस्या हल हुन सकेको छैन।

फाइल फोटो

नेपालमा रेल सञ्चालनका लागि रेल्वे सम्बन्धी ऐन, २०२० रहेको छ । तर, सो कानुन पुरानो भएर काम नलाग्ने अवस्थामा पुगेको छ । सरकारले नयाँ कानुन निर्माणका लागि विधेयक संसद्मा पेश गरेको थियो । संसद् विघटनसँगै उक्त विधेयक पनि अलपत्र बन्न पुग्यो । त्यसपछि सरकारले अध्यादेश ल्याउने तयारी गरिरहेको अवस्थामा पुनः संसद् पुनःस्थापना भएको छ।

आजको राजधानी दैनिकमा समाचार छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40818