हङकङ कोरोना न्युज अपडेट : थप १३ जनामा कोरोना सङ्क्रमण…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २ मार्च। सेन्टर फर हेल्थ प्रोटेशनले पछिल्लो २४ घण्टामा हङकङमा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ।

संक्रमितहरुमध्ये ७ स्थानीय र ६ जना आयातित रहेका छन्। आयातित संक्रमितमध्ये इन्डोनेसियाका २ घरेलु सहयोगी, २ दुबई र २ जना यात्रु पाकिस्तानबाट फर्केका रहेका छन्।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,०३३ पुगेको छ।

संक्रमितहरुमध्ये ३ पुराना केससंग संबन्धित छन् भने ४ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा १८ देखि ८३ वर्ष उमेर बीचका ५ पुरूष र ८ महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म १०,५६३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। २२६ जनाको उपचार भइरहेको छ। १४ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०० पुगेको छ।

फाइल फोटो




Comments

comments

40875