बिरालोले उडिरहेको विमानका पाइलटमाथि आक्रमण गरेपछि…

विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश अचानक पाइलटलाई नै आक्रमण गरेपछि उडिरहेको विमानको आपतकालीन अवतरण गराउनुपरेको छ।

फाइल फोटो

बुधबार कतारका लागि उडेको विमानमा अचानक ककपिट भित्र छिरेका ती बिरालोले पाइलट र चालकदलका अन्य सदस्यहरूलाई हमला गर्न थालेपछि तत्कालै सो विमान सुडानको राजधानी खार्तुमस्थित विमानस्थलमा फर्काइनुपरेको सञ्चार माध्यमले जनाएको छ ।अल–सुडानी न्युजका अनुसार खार्तुम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको करिब आधा घन्टापछि त्यो बिरालोले विमानभित्र हंगामा मच्चाएको थियो।

त्यसलाई पक्रने सम्पूर्ण प्रयास असफल भएपछि विमानलाई आपतकालीन अवतरण गरिनु परेको थियो । अन्ततः त्यसबाट छुटकारा पाएपछि पुनः सो विमान आफ्नो गन्तव्यतर्फ उडेको थियो । तर, फोक्स न्युजले भने टार्को एभिएसनको सो विमानमा अघिल्लो रात नै कतैबाट बिरालो विमान भित्र छिरेको हुनुपर्ने अनुमान गरेको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ।





Comments

comments

40940