मिर लामा गल्फखेलको शीर्ष १० स्थानमा, बिश्व गल्फ प्रतियोगितामा छनौट

विजय थापा , डिसी महानगर क्षेत्र। अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा बस्दै आएका नेपाली मूलका ७ बर्षीय मिर लामा गल्फखेलमा शीर्ष १० स्थानमा परेका छन्। उनी शीर्ष १० मा परेपछि बिश्व गल्फ प्रतियोगितामा छनौट भएका छन्।

उनी अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालक हुन्। कोरोना महामारीबाट गल्फ खेल खेल्न सुरु गरेका प्रतिभाशाली बालक टेक्ससका आफ्ना उमेर समूहका उत्कृष्ट खेलाडी पनि हुन्।

.

सानो उमेर मै गल्फ खेलमा रुचि भएकोले गत बर्ष महामारीदेखि उनले गल्फ खेल्न सुरु गरेका उनका अभिभावकले जानकारी दिएका छन्। खेलमा अभिरुचिको साथै तीक्ष्ण दिमागसमेत भएकोले उनले खेलमा छिटो प्रगति गरेका हुन्।

ड्यालस शहरका आफ्नो उमेरका राम्रा खेलाडीमा उनी गनिन्छन । बालक निरले गत बर्ष एप्रिल,२०२० देखि खेलमा निरन्तरता दिएका हुन। गत बर्ष जुन महिनामा स्थानीय स्तरमा आयोजना भएको युएसकिड्सगल्फ प्रतियोगितामा प्रथम पटक सहभागिता जनाएका थिए।

खेलमा रमाउदै र अझ अभिरुचिसंग खेल खेल्दै शरद ऋतुमा सम्पन्न प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल भए। टेक्सस राज्यको ड्यालसमा आयोजना भएको एनटि पिजिए शरद ऋतु प्रतियोगिता सहित स्थानीय प्रतियोगितामा सहभागिता भएका थिए।

.

उनले शरद ऋतुमा आयोजना भएको एनटिपिजिए प्रतियोगितामा पुरै प्रतियोगिता जितेका छन्। उनलाई २०२१ को बसन्त ऋतुमा क्षेत्रीय खेल प्रतियोगितामा आमन्त्रित गरिएको थियो।

फ्लोरिडामा सम्पन्न फ्लोरिडा क्षेत्रीय प्रतियोगितामा उनी शीर्ष ५ मा पुग्न सफल भएपछि उनलाई आगामी जुलाईमा हुने युएस किड्स गल्फ वर्ल्ड च्यामपेन्सिप २०२१ मा सहभागी हुन् बोलाइएको उनका अभिभावकले जानकारी दिएका छन्।

लामा परिवारले एक सन्देश दिदै युवा खेलाडी मिरलाई बधाई दिनुको साथै प्रोत्साहन दिएका छन्। युवा प्रतिभाशाली खेलाडी बालक मिर लामा टेक्सस राज्यकै सफल व्यवसायी तथा सामाजिक अभियन्ता पासांग लामाका सुपुत्र हुन्।

पिता लामाले छिटो टिप्ने र महामारीको समय सदुपयोग निकै गरेकोले यो सफलता हासिल गरेको भन्दै आफूले सदैव उसलाई हौसला दिने बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40943