हराए लालसेना, बिलाए सपना

जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे। काँधमा बन्दुक, झोलामा बम र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे।

समृद्ध नेपालको सपना बोकेको हुँकार दिन्थे । मरे मृत्यु र बाँचे मुक्तिका कुरा गर्थे । लाग्थ्यो अब नेपाल बन्न समय लाग्दैन । सबैले साथ दिनुपर्छ। नेपालको विकास लालसेना बनाएको नेकपा माओवादीले मात्र गर्न सक्छ।

फाइल फोटो

नेकपा माओवादीका कार्यकर्ताले दुर्गम क्षेत्रको विकास गर्ने, शिक्षामा विभेद नहुने, जातीय विभेद अन्त्य हुने, धनी गरिब समान हैसियतको हुने र उतिबेलाका लालकिल्ला जिल्ला सदरमुकाम बनाउनेदेखि कम्युन स्थापना गरेर साझा सम्पत्तिका रुपमा स्थापित गर्ने सपना बोकेका थिए । तर जब माओवादी शान्ति प्रक्रियामा आएर सरकारमा पुग्यो, तब ती सपना साकार हुन सकेनन् । बेकार बने।

स्थानीय धनबहादुर रोकाया माओवादी कालमा बोकिएका कुनै पनि सपना साकार हुन नसकेको बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा डिबी बुढाले लेखेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

40937