छक्कापञ्जा टिमसँग सुमित खड्काको ‘धनियाके होली’

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –

काठमाडौं। आउँदै गरेको होलीको लागि तयार गरिएको होली गीतमा लोकप्रिय नायिका तथा निर्देशक दीपाश्री निरौलाले पहिलो पल्ट आवाज दिएकी छिन्।

बिराटनगर उप-महानगरपालिकाको सदभानादूतसमेत रहेकी दीपाले अर्का सदभानादूत तथा चर्चित गायक सुमित खड्कासंग मिलेर ‘धनियाके होली’ बोलको गीत गाएकी छिन्।

.

शनिबार रेडियो अडियोको सभाहलमा आयोजित कार्यक्रममा प्रिमियर गरिएको धनियाके होली गीतको म्युजिक भिडियोमा छक्का पन्जा टिम भनेर चिनिने दीपा श्री निरौला र दिपकराज गिरीसंगै केदार प्रसाद घिनिरे ‘माग्ने बुढा’, शिबहरि पौडेल, किरण केसी, जयनन्द लामा, अनुराग कुँवर, रबि डंगोल र सुमन गिरि ‘भान्जा’ लगायतका कलाकारहरुको अभिनय रहेको छ।

भब्य सेट लगाएर तामझामका साथ् बनाईएको म्युजिक भिडियोको छायांकन छायाँङ्कन हरि हुमागाईं, नृत्य शिशिर खाती , सम्पादन बिपिन मल्ल र निर्देशन दीपाश्री निरौलाको रहेको छ। मैथिली र नेपाली भाषामा रहेको उक्त गीतको शब्द दीप नारायण राजबंशी र संगीत तथा संगीत संयोजन निरज श्रेष्ठको रहेको छ। छक्कापन्जा टिमको निर्माणमा बनाईएको म्युजिक भिडियो ूछक्कापन्जा मिडिया ू नामको युट्युब च्यानल बाट रिलिज गरिएको छ।

भिडियो रिलिज कार्यक्रममा कलाकार दिपकराज गिरीले भविष्यमा यहि च्यानलबाट छक्कापन्जा टिमको बिभिन्न गीत, भिडियो, सर्ट फिल्महरुसमेत रिलिज गरिने बताए।

.

सुमितदाई संग मिलेर होलि गीत बनाएका थियौ, फेरि लक्डाउनको कारणले हाम्रो टिमले केहि कोसेली दर्शकहरुलाई दिन सकेका थिएनौ र यहि गीतकै भिडियोमा छक्कापन्जाको टिम नै राखेर भिडियो निर्माण गर्ने कुरा भएपछि यो भिडियो निर्माण गरिएको बताउंदै निर्देशक दीपाश्री निरौलाले थप्छिन्। छक्का पन्जा टिमसंगै रेडियो नेपालको हाम्रो लोकप्रिय कार्यक्रमको लोकप्रिय पात्रहरु रामविलाश र धनिया पनि भिडियोमा देखाउन पाउँदा हामी सम्पूर्ण टिम एकदमै उत्साहित छौं।

गायक सुमित खड्का भन्छन्- हामी बिराटनगरवासी कलाकारहरु मिलेर एउटा गीत बनाउने सोच थियो र यसमा छक्कापन्जाको टिम नै जोडिएपछि सुनमा सुगन्ध थपिएको छ। उनी थप्छन् – होलीको लागि हामी नेपालीहरुको अर्को एउटा नयाँ सदाबहार गीतको रुपमा धनियाके होली गीत आएको छ र हामी सबैको मिहेनतले रिजल्ट राम्रो आउने कुरा मा हामी ढुक्क छौँ।

म्युजिक भिडियो





Comments

comments

41178