जागिर गुम्ने डरले आत्महत्या प्रयास

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २५ मार्च। एक सेक्युरिटी गार्डले आज बिहान शेङ्ग वान बिल्डिङको छतबाट हाम फाल्ने प्रयत्न गरेका छन्।

रुम्से स्ट्रीटस्थित क्वोङ फात होङ बिल्डिङमा कार्यरत सेक्युरिटी गार्डले जागिर गुम्ने चिन्ताले आत्महत्याको प्रयास गरेका थिए। उनलाई प्रहरी र दमकलकर्मीको टोलीले सकुशल उद्धार गरेका छन्।

फोटो सौजन्यः thestandard.com.hk

समाचार स्रोतका अनुसार सेक्युरिटी गार्ड बिहान करीव सवा ५ बजे कामबाट हराएपछि उनका सहकर्मीहरुले सहयोगका लागि प्रहरीलाई खबर गरेका थिए।

.

प्रहरीले छतमा टहलिरहेका देखेपछि उनलाई सोधपुछ गरेका थिए। उनले ताजा हावा खाना छतमा आएको बताएपछि प्रहरी फर्केका थिए।

त्यसको आधा घण्टापछि उनलाई छतको डिलमा देखिपछि प्रहरीलाई पुनः सहयोगका लागि खबर गरिएको थियो।

.

प्रहरी र दमकलकर्मीको टोलीले लगभग २ घण्टाको प्रयाशपछि उनको सकुशल उद्धार गरेका छन्।

यदि तपाई या तपाईको कोही परिचितले आत्मघाती विचार गरिरहेको छ भने सहायोग र आत्महत्या रोकथाम सेवाको लागि 2896 0000 र 2382 2007 मा डायल गर्नुहोस्।





Comments

comments

41237