हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस १ मात्र, आायतित १…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ अप्रिल। हङकङमा आज शनिवार स्थानीय कोरोना सङ्क्रमित १ जना मात्र थपिएको छ। स्थानीय सङ्क्रमितमा चुङ्ग क्वान ओ भिलेजमा बस्ने ५ वर्षीय बालक रहेका छन्।

त्यसैगरी, हङकङमा १ जना आयातित सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ। यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,५०२ पुगेको छ।

आयातित सङ्क्रमितमा फिलिपिन्सबाट आएकी ३६ वर्षीया महिला रहेकी छन्।

सङ्क्रमित ५ वर्षीय बालक पुराना केससंग संबन्धित छन्। कुल सङ्क्रमितहरूमा ५ देखि ३६ वर्ष उमेर बीचका १ पुरूष र १ महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,१३३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १३१ जनाको उपचार भइरहेको छ। ९ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०५ पुगेको छ।

फाइल फोटो




Comments

comments

41340