समाजसेवी डम्मरकुमारी गुरुङ सम्मानित

नेपाली कांग्रेस कास्कीकी नेतृ डम्मरकुमारी गुरुङलाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्यसमिति कास्कीले सम्मान गरेको छ।

नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रममा नेतृ गुरुङलाई सम्मानपत्रसहित सम्मान गरिएको हो।

समाज परिवर्तनका लागि विभिन्न सामाजिक क्रियाकलापमार्फत् नेतृ गुरुङले गरेको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो।

माछापुछ्रे गाउंपालिका ८ की स्थायी बासिन्दा गुरुङले यसअघि पनि संरक्षण पुरस्कार २०५१ तथा गत वर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा माइती नेपालबाट सम्मान पाइसकेकी छन्।

.

संघले गुरुङको सुख, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना गर्दै भविष्यमा पनि समाजको सकारात्मक परिवर्तनका लागि आवश्यक सहयोग मिल्ने विश्वास पनि व्यक्त गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत र कास्की कांग्रेसकी नेतृ सरस्वती गुरुङका साथै कांग्रेस एवम् नेपाल तरुण दलसहित विभिन्न भातृ संगठनका कार्यकर्ताहरु, समाजसेवीहरुको उल्लेख्य उपस्थिति थियो।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्यसमिति कास्कीका सभापति आशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव विष्णुकुमार श्रेष्ठले संचालन गरेका थिए।





Comments

comments

41352