सुन तस्करहरू धमाधम पक्राउ पर्दै

काठमाडौँ, चैत १७ – हवाई मार्गबाट सुन तस्करी नियन्त्रण गर्न नसकेकोमा आलोचनाको घेरामा परेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी पछिल्लो समय तस्करीको सुन र विदेशी मुद्रा समात्न सक्रिय देखिएको छ।

स्थलमार्गबाट आउने सुन फेला पर्दासमेत बजारमा तस्करीको सुन अभाव नभएपछि प्रहरी संगठनले हवाई मार्गबाट सुन भित्रिरहेको निष्कर्ष निकालेको थियो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ४ महिनाअघि आयुक्त कार्यालय र विमानस्थल प्रमुखलाई बोलाएर तस्करी नियन्त्रण गर्न निर्देशन दिए पनि बरामदी शून्य थियो। चैत लागेसँगै विमानस्थल प्रहरीले तस्करीको सुन र विदेशी मुद्रासहित कारोबारी पक्राउ क्रम बढेको छ। ठूलो परिमाण फेला नपरे पनि तस्करीको सुन र तस्करीमा संलग्नको पक्राउ क्रम बढेको छ।

प्रहरी प्रधान कार्यालयले प्रायः एकएक वर्षमा विमानस्थल सुरक्षा प्रमुखको सरुवा गर्ने गर्छ। विमानस्थलका पछिल्ला सुरक्षा प्रमुख विजयलाल कायस्थले विमानस्थल सुरक्षा कमान्ड सम्हालेको आठ महिना भइसकेको छ। विमानस्थल प्रहरीले मंगलबार बैंककबाट आएका यात्रुलाई १ हजार २ सय ग्राम सुनसहित पक्राउ गर्योए। नेपाल एयरलाइन्सको उडानबाट आएका ललितपुरका राजु महर्जन, धु्रव महर्जन र कर्मा महर्जन भन्सार छली सुन भित्र्याउने क्रममा पक्राउ परेका हुन्।

विमानस्थल प्रहरीका अनुसार भन्सार चेकिङका क्रममा उनीहरुले पाइन्टको खल्तीमा लुकाएको अवस्थामा १ सय ५० ग्राम र मलद्वारमा लुकाएको अवस्थामा १ हजार १ सय ५० ग्राम सुन प्रहरीले फेला पारेपछि नियन्त्रणमा लिएको समाचार नागरिक दैनिकले छापेको छ। मंगलबार नै विमानस्थलमा एयर एसियाको विमानबाट मलेसियाबाट काठमाडौं आएका भारतीय नागरिक हनिफ मोहम्मद ६ सय ग्राम सुनसहित पक्राउ परे। विमानस्थल प्रहरीका अनुसार उनले कम्मरको भागमा फल्स बटन बनाई सुन लुकाएका थिए।

सोमबार मलद्वारमा लुकाएको ७ सय ग्राम सुनसहित भारतीय नागरिक सैयद इब्राहिम अकबर अली पक्राउ परेका थिए भने शनिबार २५ तोला सुनसहित राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष टेन्डी शेर्पा पक्राउ परेका थिए।

दस दिनबीच विमानस्थल प्रहरीले ५ करोड बराबरको विदेशी मुद्रासहित भारतीय र चिनिया नागरिक पक्रेको छ। चैत ५ मा विमानस्थल प्रहरीले २ करोड ७३ लाख बराबरको विभिन्न देशको विदेशी मुद्रासहित भारतीय नागरिक मनोहरलाल त्रिपादासलाई पक्रेको थियो। १४ गते डेढ करोड रुपैयाँ बराबरको अमेरिकी डलरसहित चिनिया नागरिक यिङ लोउ विमानस्थलमा पक्राउ परेकी थिइन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

5412