Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

श्रीमानलाई विदेश पठाएर फेसबुकमा अर्कैसंग लभ गरेपछि…

कञ्चनपुर, चैत १७ – ५ वर्षअघि आफैले रोजेको केटोसित उनले बिहे गरेकी थिईन्। सवथोक ठीकठाक चलिरहेको थियो। विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो। तर श्रीमान श्रीमती दुबै बेरोजगार हुदाँ परिवार चलाउन समस्या भयो।

उनीहरुबीच बेलाबेला विवाद हुन थाल्यो। आर्थिक समस्यापछि उनले श्रीमानलाई वैदेशिक रोजगारमा पठाइन्।

यो कथा हो ओखलढुंगाको फूलबारीकी २७ वर्षीया विमला राईको। श्रीमान वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दे काकाकाकीसँगै बस्न थालिन्। फेसकुक चलाउन सिकिन्। त्यही फेसबुकबाट उनी प्रेममा परिन् र झण्डै बेचिने अवस्थामा पुगेकी थिईन्।

भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारतिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेको समाचार कान्तिपुरले छापेको छ।





Comments

comments

Leave a Reply

5391