Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एउटा नेपाली जसले १३६औं पटक रक्तदान गरे

जुन १३ मा रगत दान गर्न अमेरिकाबाट अष्ट्रलिया जाने
एचकेनेपाल डट कम सम्वाददाता –
आर्थिक विकास तथा सहयोग संगठन (ओइसीडी)ले गरेको एक अध्ययनमा जनताहरुको खुसि तथा सुखी जीवनप्रतिको सन्तुष्टि मापनमा दश अंकमा अष्ट्रलियाले ७.४ पाएको छ। १.५ ट्रीलियन अमेरिकी डलर कुलग्राहर्स्थ उत्पादन रहेको यो देश विश्वका ठूला आर्थिक महाशक्ति मध्ये एक हो।

नेपालको भन्दा कम जनसंख्या भएको यो देश क्षेत्रफलमा ५२ गुणा ठूलो छ। केही बर्ष यता यस देशमा करीब ७० हजार नेपालीहरु बसोबास गरिरहेका छन्।

अष्ट्रलियामा बर्षमा ५ लाख रक्तदाताले आबश्यक पर्ने १४ लाख युनिट रगत दान गर्छन्। यहाँ ३० जना मध्ये १ जनाले रगत दान गर्दछन् भने बिरामी ३ जना मध्ये १ जनामा रगत चढाउनु पर्छ। यस्तो परिस्थितिमा अष्ट्रलियामा रहेका नेपालीहरु मध्ये करीब तीन हजारले रगतदान गरि राष्ट्रिय माग पुरा गर्न ऎकबद्दता जनाएका छन्।

विश्व रक्तदाता दिवसका अवसरमा अष्ट्रलियाका नेपाली रक्तदाताहरुलाई हौसला प्रदान गर्न इन्टरनेशनल नेप्लिज ब्लड डोनर्सका अध्यक्ष अर्जुनप्रसाद मैनाली १३७ औं पटक रगत दान गर्दैछन्। जुन १३, २०१५ मा रगत दान नै गर्न भनेर उनी न्यु योर्कबाट सिड्नी जाँदैछन्। ११ हजार मिटरको उचाइबाट हवाईजहाजले करीब १६ हजार किलोमिटर २२ घण्टा लगाएर न्यु योर्कबाट सिड्नी पुर्याउछ।

बिश्वब्यापी नेपाली समुदायमा रक्तदान अभियान चलाउन मैनालीले गत बर्ष सन् २०१४ मा ६ देशमा पुगी त्यहाँका नेपालीहरुसंग रगतदान गरिसकेका छन्।





Comments

comments

Leave a Reply

5396