Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
बेलायतमा गोर्खा कपको तयारी, यो वर्ष विशेष हुने – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतमा गोर्खा कपको तयारी, यो वर्ष विशेष हुने

सुमलकुमार गुरूङ / एचकेनेपाल डट कम –
लण्डन, बेलायतको अल्डरशटस्थित भेटघाट रेष्टुरेण्टमा तमुधिं यूकेद्वारा वर्षेनी आयोजना गरिने मेगास्पोर्ट गुर्खाकप फुटबल प्रतियोगिताको तयारीका लागि आइतवार साधारण सभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङको अध्यक्षतामा सम्पन्न सभालाई संस्थाका महासचिव हरि गुरुङले सञ्चालन गरेका थिए। लगभग ३५देखि ४०जना पदाधिकारीहरु, सल्लाहकारहरु र सदस्यहरुको उपस्थिति रहेको साधारण सभा केही ढिलो शुरु भएता पनि सभाको समापन तोकिएको समयमा नै भएको थियो।

सभालाई समाजका उपाध्यक्ष नन्दजंग गुरुङले स्वागत मन्तव्यको क्रममा सबैलाई स्वागत गर्दै आभार व्यक्त गरेका थिए तथा यसवर्षको नेपाली मेलाको बारेमा संक्षिप्त जानकारी सभालाई गराएका थिए। यसपछि अब मई महिनामा सम्पन्न हुने गुर्खाकपबारे संयोजक क्याप्टेन पितम्बर गुरुङले पावरप्वाईन्टको माध्यमबाट विस्तृत जानकारी तथा कार्यक्रमको रुपरेखा दिएका थिए।

उनले प्रस्तुत गरेको कार्यक्रमको रुपरेखामाथि बृहत छलफल गरिएको थियो। प्रायोजकहरु, भेनु बुकिङ, स्वास्थ्य सुरक्षा, व्यवस्थापन, अतिथि, सञ्चार यावत विषयहरुको बृहत छलफल भएको थियो। यस पटकको प्रत्तियोगिता गोर्खालीहरु बेलायती सेनामा भर्ना भएर सेवा दिएको २०० वर्ष पुगेको अवसर परेको हुंदा विशेष प्रदर्शनी समेत गरेर सहभागीहरुलाई थप मनोरञ्जन दिने जानकारी संयोजकले बताएका थिए। जसमा प्याराजम्प २००जी लेखेको झण्डा र नेपाली राष्ट्रिय झण्डा सहित, खुकुरीडान्स र ब्याण्ड बाजा अथवा नेपाली नौमति बाजाको प्रस्तुती समेत रहने बताए।

यसपालीको प्रत्तियोगितामा पुरस्कार राशि समेत बढने तथा समयलाई मध्ये नजर गरी प्रत्तियोगितामा सहभागी हुने फुटबल टिमहरु ४८ बाट घटाएर ४० राखिने जानकारी संयोजकले बताएका थिए। २४ जनाको वर्किङ कमिटि गुर्खा कपको लागि नियुक्त गरेर सबैको नाम पढेर सुनाएका थिए। क्याप्टेन पितम्बर गुरुङको प्रस्तुति र छलफलपछि आठौ कार्यसमितिका लागि मनोनित गरेका सल्लाहकारहरुलाई अध्यक्षको बाहुलीबाट खादा ओढाएर सम्मान गरेका थिए।

सभाको अन्ततिर निवर्तमान कोषाध्यक्ष, मेजर बुद्धि गुरुङले आफ्नो प्रत्तिवेदन प्रस्तुत गरेर हालको कोषाध्यक्ष जुमकाजी गुरुङलाई कोष विवरण हस्तान्तरण गरेका थिए। त्यसैगरी, जुमकाजी गुरुङले फ्रेंशी मुखपत्रको आयव्यव विवरण सभालाई दिएका थिए।

सभाको अन्तमा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डन ईकाईका अध्यक्ष श्रीचन्द्र गुरुङले संस्थाबाट आयोजित गरिने बुद्ध जयन्ती ०४ मई २०१५को दिनमा सम्पन्न विश्व शान्ति पदयात्रा र बुद्ध जयन्ती समारोहको निमन्त्रणा पत्र तमुधिंका अध्यक्षलाई दिएका थिए तथा विश्व शान्ति पदयात्रा र बुद्ध जयन्तीको संयोजक सुमलकुमार गुरुङले शान्ति पदयात्राको औचित्य र बुद्ध नेपालमा जन्मेका हुन भन्ने नाराको आव्हान गरेर सम्पन्न गरिने कुराबारे जानकारी दिएका थिए। त्यसैक्रममा सुमलकुमार गुरुङले बेल्जियममा मई महिनामा सम्पन्न हुने लुम्बिनी कपिलवस्तु दिवसको बृहत अन्तर्राष्ट्रिय कार्यक्रमबारे समेत प्रकाश पार्दै ईच्छुक प्रायोजकहरुले सहयोग गरिदिनको लागि आग्रह गरेका थिए। दिनको लन्चपछि सभा विसर्जन गरिएको थियो।





Comments

comments

Leave a Reply

5394