Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सभाध्यक्ष नेम्वाङलाई १८ दिन जेल? – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सभाध्यक्ष नेम्वाङलाई १८ दिन जेल?

काठमाडौ, चैत्र १७ – स्वकीय सचिव बुद्धि खनालले बिहीबार जिल्ला अदालत काठमाडौंको रेकर्डमा १८ दिन जेल सजाय भुक्तान गर्न बाँकी उल्लेख रहेको सुनाउँदा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ झस्किए।

कानुनका ज्ञाता नेम्वाङले तत्काल खनाललाई सोधे, ‘कुन मुद्दाको फैसलाअनुसार जेल बस्नुपर्ने?’
‘तत्कालीन श्री ५ को सरकारविरुद्ध अवहेलना मुद्दा,’ स्वकीय सचिव खनालले सुनाए।
त्यसपछि नेम्वाङलाई थाहा भइहाल्यो, त्यो ३७ वर्षअघिको मुद्दा थियो।

तत्कालीन प्रधानमन्त्री तुलसी गिरीको भाषण ‘राष्ट्रघाती’ भयो भनेर २०३४ सालमा काठमाडौंमा पर्चा बाँडेको आरोपमा नेम्वाङविरुद्ध अवहेलना मुद्दा लागेको थियो। सर्वोच्च अदालतले २०३६ सालमै नेम्वाङलाई सफाइ दिइसकेको समाचार नागरिक दैनिकमा छापिएको छ। तर, त्यससम्बन्धी जानकारी अहिलेसम्म जिल्ला अदालतमा नपुग्दा रेकर्डमा भेटियो। सर्वोच्च र जिल्ला अदालत काठमाडौंको दुरी ३ सय मिटर मात्र छ।

तत्कालीन प्रधानमन्त्री तुलसी गिरीका विरुद्ध पर्चा बाँडेको फेला परेपछि नेम्वाङ, भीम रावल, भीम न्यौपाने र सुनील राईविरुद्ध सरकारको अवहेलना मुद्दा दायर गरेको थियो। तत्कालीन अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले उनीहरूविरुद्ध पर्चा बाँडेको अभियोगमा ६ महिना जेल सजाय सुनाएका थिए। त्यसपछि नेम्वाङलगायत सबैले केन्द्रीय कारागारमा ६ महिना जेलजीवन बिताए।

पछि मध्यमाञ्चल क्षेत्रीय अदालतले पनि सोही फैसला सदर गर्योह। फैसला सदर गर्दा थप केही दिन अझै जेल बस्नुपर्ने देखियो। त्यसपछि २०३४ मै उनीहरूले सर्वोच्चमा पुनरावेदन गरे। सर्वोच्चले त्यसबेला एउटै मुद्दाका अभियुक्त एउटै अवस्थाका भए पुनरावेदन नगर्नेको हकमा पनि सफाइ दिन सक्ने व्यवस्था भए पनि २०३५ माघ १४ गते रावल, न्यौपाने, राईलाई मात्र सफाइ दियो। तर, नेम्वाङका बारेमा सर्वोच्च केही बोलेन। त्यसपछि नेम्वाङले ‘मेराबारे किन बोलिएन’ भन्दै फेरि पुनरावेदन गरे।

तत्कालीन वरिष्ठ न्यायाधीश विश्वनाथ उपाध्याय, सुरेन्द्रप्रसाद सिंह, त्रैलोक्यराज अर्यालको इजलासले २०३६ माघ २२ गते नेम्वाङलाई सफाइ दियो। सर्वोच्चले मध्यमाञ्चल क्षेत्रीय अदालतले थप गरेको जेल सजाय भुक्तान गर्नु नपर्ने भन्दै धरौटी पनि फिर्ता गरिदिने फैसलासमेत सुनाएको थियो।
नेम्वाङले शुक्रबार नै सर्वोच्चले ०३६ सालमा गरेको फैसलाको प्रति ‘नेपाल कानुन पत्रिका’ जिल्ला अदालतमा पेस गरेका छन्। ‘राजकाजका यस्ता मुद्दा अहिले नेपालमा ठूलो समस्याका रूपमा देखा परेका छन्,’ नेम्वाङले भने।

स्रोतका अनुसार नेम्वाङले प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र कानुनमन्त्री नरहरि आचार्यलाई अदालतको कामकारबाहीका बारेमा ध्यानाकर्षण गराएका छन्। ‘तपार्इंले साह्रै सिरियस विषयमा ध्यानाकर्षण गराउनुभयो,’ प्रधानन्यायाधीश साहको भनाइ उद्धृत गर्दै नेम्वाङले भने, ‘त्यसका लागि तपाईंलाई धन्यवाद।’

नेम्वाङले २०३४ सालअघि नै ‘बेइजिङ रिभ्यु’ नामक पत्रिका अध्ययन गरेर कसरी लिथो गर्ने भन्ने सिकेका थिए। त्यही आधारमा गिरीको भाषण राष्ट्रघाती भन्दै लिथो गरेर पर्चा वितरण गरेका थिए।





Comments

comments

Leave a Reply

5382