Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

किरात याक्थुङ चुम्लुङ कतारको आठौं अधिवेशन सम्पन्न

कियाचु, दोहा-कतार “संघीय संबिधानमा लिम्बुवान सवायत्तता, हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराको साथ २७ मार्च २०१५ तदानुसार १३ चैत्र २०७१ शुक्रबारको दिन दोहास्थित टप फर्म रेष्टुरैन्टमा किरात याक्थुङ चुम्लुङ कतारको आठौं अधिवेशन सम्पन्न भएको छ।

अध्यक्ष लोकेन्द्र कुमार तुम्रोकको सभापत्तित्व रहेको उक्त कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका महासचिब पुरुषोत्तम सुनुवार प्रमुख अतिथि रहनु भएको थियो भने अन्य अतिथिहरुमा प्रवासी मगर संघ कतारका का.वा.अध्यक्ष महेन्द्र थापा मगर, तमू समाज कतारका अध्यक्ष कृष्ण तमु, किरात राई या–योक्खा शाखा कतारका दित्तित्य उपाध्यक्ष कर्ण रुम्दालि राई, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष माईला वाईवा तामाङ, थारु कल्याणकारी सभा च्याप्टर कतारका सदस्य श्यामलाल चौधरि, सुनुवार सेवा समाज कतारका प्रतिनिधि सुमुयल सुनुवार, नेपाली महिला समाज कतारका केन्द्रिय सदस्य ईश्वरा मगर, कियाचु आजीवन सदस्य तथा पत्रकार तिलबिक्रम थेबे, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका प्रमुख सल्लाहकार तथा तमाङ समाज डटकमका संचालक बिनेस तामाङ , सहयोगी खेमराज जैसी, कियाचु कतारका सल्लाकाहरु क्रमस: केवल पाहिम लिम्बु, श्यामसुहाङ हुक्पा चोङबाङ लिम्बु, बिमल सिगु लिम्बु लगायत अतिथि रहनु भएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि पुरुषोत्तम सुनुवार ज्युको बाहुलीबाट ब्यानर अनवरण भएको थियो भने प्रमुख अतिथि र बिशेष अतिथिरुकोको बाहुलीबाट सङ्युक्त रुपमा दिप प्रज्वलन गरी कार्यकमको समुद्घाटन गरिएको थियो। नेपाली राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रमपछि लिम्बुवानको लागि बिभिन्न समयमा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौन धारणा गरिएको थियो। कार्यक्रममा कियाचु कतारका प्रथम उपाध्यक्ष मनकुमार आङ्बोको स्वागत मन्तब्य तथा लिम्बु साँस्कृतिक परिषदका कलाकाहरुले के(लाङ (च्याब्रुंग नाच) प्रस्तुत गरि उपस्थित गणलाई स्वागत गरेका थिए। 

शुभकामना मनतब्यको क्रममा प्रमुख अतिथि पुरुषोत्तम सुनुवार लगायत नेप्रआज महासघंका मात्रि संस्थाबाट पाल्नु भएका अतिथीहरुले भाषा, लिपि, धर्म, संस्कार, संस्कृति नै मानव जातिको पहिचान भएकोले, हामि जहाँ र जस्तो सुक्कै अवस्थामा रहे पनि आफ्नो पहिचानलाई बचाई राख्न, अन्तराष्ट्रिय स्थरमा प्रचार-प्रसार गर्न सबैबाट सकारात्मक पहल रहोस भन्ने उहाँहरुको भनाइ रहेको थियो। र यसैगरि शुभकामना मन्तब्यकै क्रममा नेप्रआज महासघं कतारका प्रमुख सल्लाहकार तथा तामाङ समाज(अनलाइन) डटकमका संचालक विनेश कुमार तामाङले खोसिएका हाम्रा अधिकारहरु सुनिश्चताको लागि आदिवासी जनजातीहरु एक ढिक्का भएर धार्मीकरुपमा, साँस्कृतिकरुपमा, राजनैतीक रुपमा हरेक पक्षबाट अघि बढ्नु पर्ने उहाँले जोड दिनुभयो। यसरी नै अन्य अतिथीहरुले मन्तब्य कै क्रममा कियाचु कतारले प्रवासमा खेलेको भूमिका र सामाजिक कार्यहरु सह्रानीय रहेको भन्दै निवर्तमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरे भने नवसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए।

यसैगरी कियाचु कतारका विशेष सल्लाहकार मान बहादुर सावाँ (हाल–दक्षिण अफ्रिका) र सल्लाहकार यतुकुमार सम्बाहाङ्फेद्धारा पठाइएको शुभकामना सन्देश संचालकद्धारा बाचन गरिएको थियो। कियाचु कतारलाई हरेक कालखण्डमा अतुलनिय योगदान पुर्याउने ब्यक्तित्वहरु, कलाकारहरु, आजीवन सदस्यहरु, संरक्षक तथा निवर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारिहरुको योगदानलाई उच्चमुल्याङ्कन गर्दै प्रशंसा पत्र र प्रमाण पत्र दिइएको थियो ।
कियाचु कतारको दुई बर्षे कार्यकालको संस्थागत प्रगती प्रतिवेदन महासचिब राजेन्द्र साम्योखामले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष हरि भक्त जबेगुले प्रस्तुत गरेका थिए। 

कार्यक्रममा प्रवासी नेपाली सिङ्गिङ आइडल कतारको अन्तिम छनौटमा प्रतिस्पर्धा गरि रहेका गायक अमृत कुरुम्बाङले विभिन्न लिम्बु गीतहरु गाएर मासलाई नचाउन सफल भए भने गीता गुरुङ, निरु लामा, कमला तामाङ लगायतले नृत्य प्रस्तुत गरि माहोलको रौनक बढाएका थिए त्यसै गरी जयन जबेगु, युवराज बेघा, मंगलसिङ केरुङ, दिनेश ताम्लिङ, सिता कुरुम्बाङ, गीता गुरुङ र कमला लगायतले केलाङ प्रस्तुत गरेका थिए।

अन्तमा महाधिबेशनलाई सफल बनाउन पाल्नु भएका सम्पूर्ण उपस्थितिलाई उपाध्यक्ष नरेन्द्र कुमार एभेङले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमका सभापति लोकेन्द्र तुम्रोकले मौजुदा कार्यसमिति भंग भएको घोषणा गर्दै खुल्लासत्र समापन भएको घोषणा गर्नु भयो। कार्यक्रम सचिब डम्बर लिबाङले संचालन गरेका थिए।

किरात याक्थुङ चुम्लुङ कतारको आठौं महाधिवेशनमा केवल पाहिमको संयोजकत्वमा ५ सदस्सीय निर्वाचन मण्डल गठन गरिएको थियो। उक्त निर्वाचन मण्डलद्वारा तपसिल बमोजिमका र्निबिरोध २५ सदस्सीय नवनिर्बाचित कार्यसमितिको घोषणा गरिएको छ /
अध्यक्ष – श्री मन कुमार आङ्बो
उपाध्यक्षहरु – श्री राजेन्द्र साम्योखाम, श्री हर्क खजुम
महासचिब – श्री डम्बर लिबाङ( मिसेक)
सचिबहरु – श्री मंगलसिं केरुङ, श्री सेवालुङ लिबाङ
कोषाध्यक्ष – श्री हरिभक्त जबेगु 
सह-कोषाध्यक्ष – श्री देउ कुमार नेम्बाङ
केन्द्रीय सदस्यहरुमा क्रमस:
श्री बिसाल आङ्बो(पाँचथर), 
श्री बम बहादुर लिम्बु(मोरङ), 
श्री असोक योङ्हाङ(झापा), 
श्री सागर तुम्बाङ्फे(तेह्रथुम), 
श्री तेज मान थेवे(झापा), 
श्रीमती सिता कुरुम्बाङ(महिला, पाँचथर), 
सुश्री भीमा जबेगु(महिला, पाँचथर), 
श्रीमती बबिता नेम्बाङ(तुम्बापो)(महिला, पाँचथर) 
श्री प्रेम हुक्पाचोङ्बाङ((तेह्रथुम), 
श्री नगेन्द्र पाकसाँवा(तेह्रथुम), 
श्री भिम तुम्बापो(पाँचथर), 
श्री जयन जबेगु(पाँचथर), 
श्री पूर्ण लिम्बु(पाँचथर), 
श्री अमृत लिम्बु(पाँचथर), 
श्री मुकेस लक्सम(झापा), 
श्री तिलविक्रम थेबे(ईलाम) र 
श्री युवराज बेघा(ईलाम) रहेका छन ।





Comments

comments

Leave a Reply

5378