शेष घलेले दिए माइती नेपाललाई १० लाख सहयोग

एचकेनेपाल डट कम –
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले माइती नेपालका अध्यक्ष अनुधारा कोइरालालाई रु. दश लाख सहयोग स्वरुप हस्तान्तरण गरेका छन्।

सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष घलेले समाजसेवाद्वारा विश्व चर्चित तथा सिएनएन हिरोको उपाधिसमेत हात पारेकी व्यक्तित्वलाई केही सहयोग गर्न पाउंदा आफू निकै हर्षित भएको उनले बताए। कोइरालाका काम र सफलताबाट अाफू निकै प्रभावित भएको र उहाँको तुलनामा आफूले गरेका कामहरु नगन्य भएको औंल्याए।

अध्यक्ष घलेले माईती नेपालका अध्यक्षको तुलनामा आफूले १० प्रतिशत मात्र काम गरेको र अरु नव्वे प्रतिशत काम गर्न बाँकी रहेको वताए। उनले ससाना नानीहरुलाई संवोधन गर्दै उच्च मनोवल, नैतिकता, मेहनत र शिक्षा प्रतिको लगावले जीवनमा सफलता हासिल गर्न सकिने वताए। आफूले हाशिल गरेको सफलता भन्दा पनि बढी सफलता प्राप्त गर्न शुभकामना र आशिर्वाद दिए। जीवनामा जतिपनि सफलता हासिल गरेपनि आफ्नो मात्रिभूमि प्रतिको कर्तव्य र मानवतालाई कहिले पनि भुल्न नहुनेप्रति बालबालिकाहरुलाई सचेत गराए।

उनले यस सहयोगको लागि रु ६,३२,२५५।०० संकलन गर्न मद्दत गर्ने नेपाली कम्यूनिटि सेन्टर, भिक्टोरिया, अष्ट्रेलियाका सहयोगी मित्रहरुलाई धन्यवाद दिंदै एमआईटी फाउण्डेशनका तर्फबाट बाँकी रकम सहयोग गरिएको जानकारी दिए।

यस अवसरमा कोइरालाले सहयोगमा सहभागी हुने नेपाली कम्यूनिटि सेन्टरका सहयोगी हातहरु तथा एमआईटी फाउण्डेशनलाई हृदय देखिनै धन्यवाद दिन दिइन्। प्राप्त रकम भूकम्पबाट पीडित भई बेचबिखनमा पर्न सक्ने खतरामा रहेका बालबालिका सहयोगार्थ तथा यस कार्यलाई रोकथाम गर्न यो रकमको उपयोग गरिने उनले वताइन्।

उनले माइती नेपालका वालवालिकाहरु पनि राहत कार्यमा संलग्न भएका र भकम्प पीडितहरुका घरदैलोमै पुगि क्षति तथा पीडाको प्रत्यक्ष अनुभूति गरी राहत समेत वितरण गरेको जानकारी दिइन्।

सोही अवसरमा माइती नेपालका बालबालिकाहरुले “जे हुन भई सक्यो, सबै मिलि पूनर्निर्माणमा जुटौं” भन्ने वोलका गीतका साथै नृत्य प्रस्तुत गरेका थिए।





Comments

comments

Leave a Reply

7187