नेपाल सम्बन्धी ‘रेड अलर्ट’ हटाउन हङकङसँग आग्रह

हङकङ- भूकम्पपछि नेपालको अवस्था सामान्य हुँदै गएकाले यात्रीहरूका लागि जारी गरिएको ‘रेड अलर्ट’ हटाउन नेपालले हङकङ सरकारसँग आग्रह गरेको छ।

हङकङस्थित महावाणिज्य दूताबासले शुक्रबार हङकङ सरकारलाई पत्र पठाएर ‘रेड अलर्ट’ हटाउन आग्रह गरेको महावाणिज्यदूत महेशप्रसाद दाहालले बताए।

‘हङकङ सरकारका अधिकारीसँग भएको छलफलमा नेपाल भ्रमण सम्बन्धमा जारी गरिएको रेड अलर्ट हटाउने संकेत मिलेको’ बताउँदै दाहालले ‘नेपाल भ्रमण गर्ने पर्यटकको संख्या विस्तारै बढ्ने’ विश्वास गरे।

भूकम्पपछि हङकङ सरकारको सुरक्षा ब्यूरोले वैशाख १६ गते नेपाल यात्रा चुनौतीपूर्ण रहेको जनाउँदै भ्रमण रद्द गर्न वा सचेत रहन आफ्ना नागरिकको नाममा ‘रेड अलर्ट’ जारी गरेको थियो। त्यसपछि हङकङबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्या स्वाट्टै घटेको समाचार नागरिक दैनिकमा पूर्ण बस्नेतले लेखेका छन्।

वाणिज्यदूत मुदिता बज्राचार्यका अनुसार स्थानीय चिनियाँ र विदेशी समेत गरी भूकम्पअघि हङकङबाट प्रत्येक महिना तीन हजार बढीले नेपालको भिसा लिने गरेकोमा अहिले त्यो संख्या केही सयमा झरेको छ। भूकम्पअघि अप्रिल महिनामा हङकङ महावाणिज्य दूताबासबाट नेपालको भिसा लिनेको संख्या तीन हजार एक सय ५५ थियो। भूकम्पपछि मे महिनामा जम्मा दुई सय ५२ जनाले नेपालको भिसा लिए भने जुन महिनामा त्यसमा केही वृद्धि भएर चार सय ५७ पुगेको छ।





Comments

comments

Leave a Reply

7310