यस्ता गल्ती नगर्नुहोस् ब्याट्री खत्तम हुन्छ

स्मार्टफोनको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईं ब्याट्री नटिक्ने समस्याबाट हैरान हुन सक्नुहुन्छ । स्मार्टफोनका अधिक प्रयोगकर्ताको ठूलो समस्या नै यही हो। तर, स–साना गल्तीले यस्ता समस्या निम्तिरहेका छन् भन्ने थाहा हुँदैन । अन्तत: छोटो समयमै ब्याट्री गुमाउनुपर्ने पनि हुन सक्छ । ब्याट्री जोगाउन अपनाउनुहोस्, यी सूत्र:

  • कतिपय प्रयोगकर्ताले ब्याट्री थोरै मात्रै कम भएलगत्तै फेरि चार्जिङ सुरु गर्छन् । पटक–पटक यस्तो गर्छन् । यसो गर्दा ब्याट्री बिगिँ्रदै जान्छ र आयु कम हुन्छ ।
  • कतिको फोनलाई रातभर चार्जिङमा राखिदिएर छोड्छन् । यसले ब्याट्री सबैभन्दा चाँडै बिग्रिन थाल्छ । यसो गर्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र आयु कम हुन्छ।
  • साइलेन्समा राख्नका लागि कतिपयले फोनलाई भाइब्रेसन मोडमा लैजान्छन् । लगातार भाइब्रेसनमा राखेर चलाइने फोनको ब्याट्री चाँडै डिस्चार्ज हुने गर्छ । ब्याट्रीको आयु कम हुने एक प्रमुख कारण यो पनि हो।
  • ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) लगातार अन गरेर राख्दा ब्याट्री निकै तातो हुने गर्छ । लगातार अनलाइन रहिरहँदा ब्याट्री डिस्चार्ज हुने गर्छ। यी दुई कारणले ब्याट्रीमा नराम्रो असर पर्छ।
हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

7818