नेताका अभिव्यक्तिहरुबाट ओली रुष्ट

सीमांकनसहितको संविधान जारी गर्न एमाले बाधकजस्तो गरी प्रधानमन्त्री सुशील कोइराला र अन्य दलका केही नेताबाट अभिव्यक्ति आएपछि एमाले अध्यक्ष केपी ओली रुष्ट बनेका छन्।

उनले सीमांकनको विषयमा एमाले बाधक नरहेको तर यसका नाममा संविधान जारी हुने प्रक्रिया रोक्न नमिल्ने प्रस्टयाएका छन्। केही दिनअघि प्रधानमन्त्रीसहित अन्य दलका नेताले आफूहरू सीमांकनसहित संविधान जारी गर्ने पक्षमा रहेको तर एमाले नेताहरूले नमानेको भनी सार्वजनिक टिप्पणी गरेका थिए। कान्तिपुर दैनिकमा समाचार छ।

ओलीले मंगलबार दिउँसो सामाजिक सन्जालमार्फत संविधान बन्न नदिने खेलअन्तर्गत यस्तो अभिव्यक्ति आएको टिप्पणी गरेका छन्। उनले ट्वीटरमा भनेका छन्, ‘संविधान बन्न नदिने खेल मात्र होइन, ओलम्पिक खेल नै भइरहेको छ, तर यसलाई एमालेले असफल पार्छ, असफल पार्न नेतृत्व गर्छ।’

१६ बुँदे सहमतिभन्दा विपरीत गएर संविधान नै जारी हुन नदिने प्रयास भइरहेको ओलीले संकेत गरे। ‘मैले प्रधानमन्त्रीलाई हिजो (सोमबार) बिहानै भनिदिएको थिएँ, सीमांकन गर्ने कुरामा एमाले बाधक बन्दैन,’ ओलीले अर्को ट्विटमा भनेका छन्।





Comments

comments

5018