Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पहिरोले पुर्दै गएपछि फेवाताल संकटमा

भीषण पहिरोले पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण फेवाताल पुरिँदै जाँदा ठूलो लगानी रहेको पर्यटन व्यवसाय जोखिममा पर्नसक्ने खतरा देखिएको छ।


पहिरोले यस्तो भयो फेवाताल

जलाधार क्षेत्रका दर्जनौं स्थानमा गएका पहिरोले बगाएका माटो, ढुंगा, रुख, झारपात, सिनोले पुरिएर तालको अस्तित्व नै संकटमा परेको हो। ताल नै नरहे मुख्य आकर्षण नहुने र व्यवसायमा धक्का पुग्ने भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन्।

भदौरतामागी ५ घाँटीछनामा गएको पहिरोले बगाएका पदार्थहरुले ताल पुर्नुका साथै धमिलो बनाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। मुख्य पानीको स्रोत हर्पनखोला आसपासबाट आएको जलकुम्भीले ढाकिएर ताल कुरुप भएको छ। मानिसले नुहाउन, कपडा धुन, प्रयोग गर्ने तालको पानी पूरै हिलाम्मे बनेको छ।


यस्तो थियो सुन्दर फेवाताल





Comments

comments

3943