Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोर्नसाइट बन्द हुँदा सोनमकपूर दुःखी!

मुम्बई–भारतमा सरकारले ८ सय ५७ पोर्नसाइट बन्द गरेपछि त्यसको समर्थन र विरोधमा सामाजिक सजालमा अभिव्यक्ति छरिएका छन्। पोर्नसाइट बन्दमाथि संचारमाध्यमदेखि राजनीतिक कार्यकर्तादेखि कलाकारसम्मले आफ्नो प्रतिक्रिया दिएका छन्।

बलिउड अभिनेत्री सोनमकपूरले पनि सरकारको सो फैसलाको विरोधमा ट्विट गर्दै आक्रोश पोखेकी छिन्। उनले पोर्नसाइट बन्द गरेर भारतीय नागरिकको मानसिकता बदल्छु भन्नु गलत भएको उल्लेख गरेकी छिन्। ‘मूर्खहरुलाई नै बन्द गरिदिनुपर्ने जो, पोर्नसाइट बन्द गरेर भारतीयको मानसिकता बदल्न खोज्छन,’ सोनमले ट्विट गर्दै भनेकी छिन्।

पूर्व केन्द्रीय मन्त्री मिलिन्द देवडाले सरकारले इन्टरनेट सेवा प्रदायकलाई ८ सय ५७ पोर्न साइट बन्दगर्ने निर्णय ‘तालिवानीकरण’ जस्तो भएको बताए । सरकारले शनिबार ८ सय ५७ साइटमाथि प्रतिबन्ध लगाएको थियो। नागरिक दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

7824