Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ताप्लेजुङका पहिरोपीडितलाई हङकङबाट राहत

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
ताप्लेजुङका पहिरोपीडितलाई हङकङमा बस्दै आएका पूर्वेलीहरुले ७५ पीडित परिवारकालागि १७ लाख रुपैयाँ बराबरको ३ सय २० बन्डल जस्तापाता राहत स्वरुप वितरण गरेका छन्।

गत जेष्ठ २७ गते आएको भीषण वर्षासंगै पहिरो जाँदा ताप्लेजुङ जिल्लाका खोक्लिङ, लिवाङ, सान्थाक्रा, थिंलाबु, लिङ्तेप र खाम्लुङ गाविस लगायतका विभिन्न स्थानका पीडित घरबारबिहीन भएकाहरुको लागि हङकङ ताप्लेजुङ समाज, धरान १७ समाज, धरान ८ समाज, चौकीबारी समाज, हङकङ डिएफसी, धरान हङकङ मञ्च लगायतका हङकङमा रहेका संस्थाले राहत उठाएको हो।

संकलित राहत हङकङबाट आएका विनोद राई र लोकराज लिम्बुको नेतृत्वमा स्थानीय प्रशासनको रोहबरमा पीडितलाई वितरण गरिएको हो। हङकङ संस्थाहरुको प्रतिनिधित्व गर्दै राहत वितरण गर्न आएका बिनोद राई आवश्यक परेको खण्डमा अझै राहत उठाएर बिस्थापितहरुलाई स्थापित गर्न लागिपर्ने बताउदै यस्तो बेला बिदेशमा बसेपनि मन नेपालमै हुने उनी बताउंछन्।





Comments

comments

Leave a Reply

7826