Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकाबाट शान्तिपूर्ण आन्दोलनमा सरकारले गरेको ज्यादतीप्रति घोर भर्त्सना​

विजय थापा / एचकेनेपाल डट कम –
निर्माणाधीन नेपालको नयाँ संविधानमा दलित समुदायका हक र अधिकार सुनिश्चित गराउने उद्देश्यले सम्बन्धित निकायलाई दवाव दिनका निमित्त विभिन्न पार्टीका भातृसंगठनहरुको संयुक्त राजनीतिक संघर्ष समिति, दलित नागरिक समाज, सभासद समन्वय समिति लगायत दलित समुदायका हक हितका निमित्त स्थापित बिभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको शान्तिपूर्ण आन्दोलनको क्रममा सरकारका तर्फबाट प्रहरीले हस्तक्षेप गरी २६ जना भन्दा बढी नेता, कार्यकर्ता, सभासद लगायतलाई घाइते बनाएको घटनाले नासो, ग्लोबल फोरम तथा आइसीडीआरले दुख व्यक्त गर्दै घोर भर्त्सना गरेको छ।


तस्वीरः शिवहरि ज्ञवली

पूर्व घोषित कार्यक्रम अनुसार नयाँ संविधानमा दलित अधिकार सुनिश्चित गराउनका लागि शान्तिपूर्ण आन्दोदनमा उत्रिएका आन्दोलनकर्मीहरुमाथि प्रहरीले गरेको हस्तक्षेप, कुटपिटले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकका सामान्य अधिकारमा समेत बन्चित गरेको भनि छापा बिज्ञप्तिमा उल्लेख गरेको छ।

गिरफ्तार गरिएका व्यक्तिहरुलाई तुरन्त रिहा गर्न, घाइतेहरुको शिघ्र निशुल्क उपचार गराउन र यस प्रकारका शान्तिपूर्ण प्रदर्शन गर्न लगाइएको बन्देज तुरुन्त रोक्न नासो, ग्लोबल फोरम तथा आइसीडीआरले जोडदार माग गरेको छ। घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्ता निन्दनीय कार्यहरु पुन: दोहोरिन गएमा अन्तर्राष्ट्रियस्तरमा पुग्ने समेत सबैमा जानकारी गराउदै अमेरिकाबाट ग्लोबल फोरमका अध्यक्ष धर्म बिश्वकर्मा, नासो समुदायका अध्यक्ष गोपाल बिश्वकर्मा तथा आइसीडीआरका अध्यक्ष डीबी सगर बिश्वकर्माले संयुक्त रुपमा बिज्ञप्ति जारि गरेका छन्।





Comments

comments

Leave a Reply

7830