न्युजिल्यान्डमा ३ नेपालीको मृत्यु

एचकेनेपाल डट कम- न्युजिल्यान्डको वाइमेट जिल्लास्थित एक घरमा आगलागी हुँदा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ।


आगलागीबाट बाँचेकी तुलसा काफ्लेः मैले बाबुआमा र भाइलाई बचाउंन सकिंन।

आगलागीबाट त्यहाँ बसेका तेज काफ्ले ४८ वर्ष, उनकी पत्नी टीका ३९ र ८ वर्षीय छोरा प्रेमको मृत्यु भएको वान न्यूजले जनाएको छ।

काफ्ले परिवारले सोही घरको तल्लो तलामा रेस्टुरेन्ट चलाउँदै आएको थियो। काफ्लेका तीन छोरी २३ वर्षीया तुलसा, मनीषा १७ र ममता (११ वर्ष) भने बाहिर निस्कन सफल भएका थिए। तुलसाले सीसाको झ्याल फोडेर दुई बहिनीहरुलाई बचाउंन सके पनि बाबुआमा र भाइलाई बचाउंन नसकेको रुंदै बताइन्। उनीहरु सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।





Comments

comments

Leave a Reply

7832