Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बाहुबलीको कमाई पाँच अर्ब पुग्यो

एजेन्सी– बलिउडमा अहिले चलचित्र बाहुबलीले तहल्का मच्चाएको छ। तेलगु निर्देशक एमएस राजमौलीको बहुभाषी फिल्मले तेस्रो हप्तामा पुग्दा भारु पाँच अर्ब कमाएको छ।

यसको हिन्दी भर्सनले नै एक अर्बभन्दा बढी कमाइसकेको छ। यो चलचित्रले पहिलो दिन लगभग ५० करोड भारु र दोस्रो दिन ५५ करोड भारु कमाएर रेकर्ड बनाएको थियो। बक्स अफिसमा बाहुबलीको दबदबाले अहिले तीन खान सलमान, शाहरुख र अमरिलाई छायामा पारिदिएका छन्।

तेलगु, तमिल, हिन्दी र मलयाली भाषामा संसारभरका चार हजार स्क्रिनमा रिलिज भएको यो सिनेमा दृश्य र स्पेसल इफेक्टस्का हकमा भारतीय सिनेमा इतिहासकै सबैभन्दा भव्य मानिएको छ।

यसरी बनाइएको रहेछ बाहुबली

यस्तो छ बाहुबली, हेर्नुहोस् ट्रेलर…





Comments

comments

Leave a Reply

7462