संजिबको जूनतारा

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
जब घाम डुब्छ, म हुन्छु खुशी
के तिम्रो साथमा छ मेरो जूनतारा,

हङकङमा बसोबास गर्दै आएका गायक संजिव लामाले धरान आएको समयको सदुपयोग गर्दै धरानको भावना डिजिटल स्टुडियोमा एउटा गीत रेकर्ड गराएका छन्।

कबि हांगयुग अज्ञातको सब्द तथा मनोज मोतेको संगीत तथा संगीत संयोजन रहेको मेरो जूनतारा बोल को गीत रेकर्ड गराएर उनी हङकङ फर्किसकेका छन्।

गत वर्ष “ एक्जिक्ट “ एल्बम ल्याएका संजिव अब भने समय मिलेसम्म एक एक वटा गीत हरु निक्लादै जाने बताउंछन्।

डेढ दशक सांगीतिक क्षेत्रमा बिताएका संजिव मिक्स मेलोडी सांगीतिक समुहका मुख्य गायक समेत रहिसकेका छन्। उनको “बिर्सिएका यादहरु “, रानी बनैमा, अनुभव, सिनोरिता, एक्जिक्टलगायतका एल्बम बजारमा आइसकेका छन् भने बिर्सिएका यादहरुले, घुम्दै आउनु धरान बजार, नराख मलाई अञ्जान मायालु उनका चलेका गीतहरु हुन् ।

एक समय संगीतमा दिलोज्यान दिएर लागेका संजिव अहिले भने संगीतमा तयति ध्यान दिन पाउदैनन्। तर पनि समय मिल्दासम्म संगीतलाई छोड्न नसक्ने संजिव बताउछन्। उनले हङकङको ब्यस्त समय र हङकङका नेपालीहरुको बदलिदो परिवेशलाई ध्यानमा राख्दै गत वर्ष एउटा गीत समेत तयार गरेका थिए।

बिहानी को मिर्मिरेसंगै उठछ जिन्दगी यो
बस्न मन लाग्दा लाग्दै डुब्छ घाम त्यो
बिहानी आउँछ रात पर्छ
यसरि नै चल्छ यो हाम्रो जिन्दगी
यो हंगकंग सहरमा, यो हङकङ सहरमा

हङकङ शहरमा – https://youtu.be/SBW4Fkx667w
जूनतारा – https://youtu.be/xChltFGTUy0





Comments

comments

Leave a Reply

9518