Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

लण्डनमा यसरी मनाइयो बलिहाङ तिहार

लण्डन बलिहाङ तिहार (येलेदुङ ५०७५)
एचकेनेपाल डट कम संवाददाता –
लण्डन, किराँत राई यायोक्खा लण्डन उपशाखाले गत वर्षहरुमा झै बलिहाङ तिहार येले सम्वत् ५०७५ को शुभअवसरमा देउसी भैलो कार्यक्रम भव्यताकासाथ सम्मन्न गरेको छ।

करीव १२ बजेदेखि कार्यसमितिका सम्पूर्ण सदस्यहरुले भेलाभै वैठकले तोकेको ज़िम्मेवारी कडा परिश्रमका साथ बहन गरेका थिए। स्वादिष्ट खानपान व्यावस्थापन संस्था आफैले गरेको थियो भने हन्सो निवासी केही सदस्यहरुले संस्थालाई फ्रेस बंगुर निःशुल्क उपलब्ध गराएका थिए।

कार्यक्रममा नेपालबाट आएका पहिचानबादी प्रखर साहित्यकार तथा मदन पुरुस्कार विजेता राजन मुकारुङ विशेष अतिथिका रुपमा उपस्थित थिए। मुकारुङलाई सोही अवसरमा सम्मानसमेत गरिएको थियो। विशेष कार्यक्रममा किराँत राईहरुको संस्कार अनुसार मुकारुङलाई जोड़ी बोटलमा किराँत पेय पदार्थ, खामभित्र केहि शीर उभ्याउनी र किराँत राईको चलन अनुसार संस्थाका अध्यक्षबाट शीर उभ्याउनी छोटो वाचनका साथ फेटा गुँथेर सम्मान गरिएको थियो। साथै अन्य शुभ चिन्तकहरुबाट समेत शीर उभ्याउनी भएको थियो।

भातृसंस्था सुम्निमा पारुहाङ सांस्कृतिक युवा समूहले देउसी भैलो र सांस्कृतिक गीत संगीत कार्यक्रम प्रस्तुत गरी सबैलाई भरपूर मनोरञ्जन दिन दिएको थियो। यसै क्रममा जो जसलाई ईच्छा लाग्छ सो इच्छाले संस्थाको लागि दक्षिणा पनि चढाइएको थियो।

कार्यक्रमका अतिथिहरुमा विभिन्न किराँया उपशाखा, गोर्खा ओलफेर सोसाईटी, माङखिम् डायरेक्टर मेजर योगेश राई, किराँया वेलायत समन्वय समिति, किराँया वेलायतका केन्द्रीय सदस्य, डा. प्रमोद राई, मेजर इन्द्र राई,2RGR का बहालवाला सैनिक मुलघरे कान्छाहरुले आतित्थ्य गरेका थिए।

संस्थाका अध्यक्ष टीकाधन राईको सभापतित्वमा प्रमूख अतिथि पूर्व केन्द्रीय अध्यक्ष सुमाया राई र विशेष अतिथिमा प्रखर साहित्यकार राजन मुकारुङ रहेका थिए। कार्यक्रम संचालिका तथा संस्थाकी सचिव श्रीअप्सरा राईले संचालन गरेकी थिईन् भने स्वागत मन्तव्य उपाध्यक्षद्वय भानुभक्त राईले दिएका थिए।

मन्तव्यको क्रममा राजन मुकारुङले समान हक़ अधिकार प्राप्तिका लागि पहिचानको मुद्दामा अझै पीडितहरु एकता हुन नसकी अलमलिए जस्तो देखिएता पनि पहिचानका प्रधान मुद्दालाई सबै मिली सशक्त बनाउनुको अर्को बिकल्प नरहेको बताए।

मेजर योगेश राइले भने- संस्थामा काम गर्दछु भन्नेहरुले यी कुराहरुलाई मध्य नजर गर्नै पर्दछ,
पहिला श्रीमान श्रीमति खुशी हुनु जरुरी छ।
दोस्रो आफ्ना बालवच्चा खुशी बनाउन जरुरी छ।
तेस्रो आफू बसेको घरमा पानी चुहुनु हुदैन।
चौथों आफ्नो छिमेकी खुशि पार्नु सक्नु पर्दछ।
र पाँचौ, बल्ल त्यस्तै व्यक्तिले मात्र संस्था र राष्ट्र समेत खुशी पार्न सक्दछ।”भनेर गतिलो यथार्थ प्रहार गरेका थिए।

त्यस्तै गरी पूर्व केन्द्रीय अध्यक्ष सुमाया राईले पनि संस्था र समाजलाई सुदृढ़ पार्न शुभकामना दिएकी थिइन्। त्यस्तै, अर्का साहित्यकार प्रखर वक़्ता काङमाङ नरेश राईले साहित्यकार राजन मुकारुङको संक्षिप्त परिचय दिएका थिए। परिचयको क्रममा राजन मुकारुङ जी ६० औ मदन पूरुस्कार विजेता मध्यका १ हुन् र ४ आदिवासी मध्यका चौथों व्यक्ती पनि हुन्।”

अन्त्यमा सभापति टिकाधन राईले सहभागी र सहयोगी सबैलाई धन्यवाद दिंदै कार्यक्रमको समापन गरेका थिए। हलभित्र खचाखच भरिएको औपचारिक कार्यक्रम साँझ करीब ७ बजे शुरु भै राति १२:३० बजे समापन भएको थियो।

-टिकाधन राई (लन्डन )





Comments

comments

Leave a Reply

9523