Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुरू भयो एसएलसी परीक्षा

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, चैत्र ५ – विद्यालय शिक्षाको अन्तिम खुड्किलो मानिने एसएलसी परीक्षा विहीवारदेखि सुरू भएको छ।


फाइल फोटो

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। परीक्षामा चार लाख २६ हजार दुई सय १४ जना परीक्षार्थी नियमित तर्फका छन् भने एक्जाम्टेड तर्फ एक लाख ५४ हजार एक सय ८३ छन्। त्यसैगरी, प्राविधिक तर्फ तीन हजार दुई सय ८८ परीक्षार्थी सहभागी हुंदैछन्।

परीक्षाको पहिलो दिन विहीवार परीक्षार्थीहरूले अनिवार्य अंग्रेजीको परीक्षा दिँदैछन्। विहान ८ बजेदेखि सुरू भएको परीक्षा ११ बजेसम्म सञ्चालन हुनेछ। चैत्र ५ देखि सुरू भएर परीक्षा चैत्र १६ गतेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यस वर्षदेखि उत्तरपुस्तिकासँगै प्रश्नपत्रमा पनि सिम्बोल नम्बर लेख्नुपर्ने नयाँ व्यवस्था लागू गरिएको छ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन विशेष व्यवस्था गरिएको कार्यालयले जनाएको छ। परीक्षामा चिट चोर्ने र चोर्न सघाउनेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

एसिड पीडित किशोरीहरूले यसरी दिंदैछन् एसएलसी परीक्षा (फोटोफिचर)
५८ वर्षमा एसएलसी दिँदै छिन् मोहन वैद्यकी श्रीमती





Comments

comments

5130