Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

५८ वर्षमा एसएलसी दिँदै छिन् मोहन वैद्यकी श्रीमती

काठमाडौं, चैत ५ – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यकी श्रीमती सुष्मा वैद्य बिहीबार सुरु हुने एसएलसी परीक्षामा सहभागी हुँदैछिन्। ५८ वर्षीया उनी विद्यालय भर्ना भएर पढ्न थालेको ६ वर्षमै एसएलसी परीक्षा दिन सक्षम भएकी हुन्।

सुष्माले ५२ वर्षको उमेरमा नयाँ बसपार्कस्थित प्रेरणा महिला विद्यालयमा भर्ना भएर औपचारिक शिक्षाको सुरुवात गरेकी थिइन्। विद्यालय जाने उमेर पुगेका तर लेखपढ गर्न नजान्ने महिलालाई पढाउन यो विद्यालय खोलिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

विद्यालय भर्ना गर्नुअघि सुष्मा सामान्य लेखपढ गर्नमात्र सक्थिन्। ‘प्रेरणा स्कुलमा भर्ना हुनुअघि अरु कुनै पनि विद्यालयमा भर्ना भएकी थिइनँ। नपढे पनि आफन्त र साथीभाइको संगतले पत्रिकाका अक्षर खुट्याउन सक्ने भएकी थिएँ,’ सुष्मा भन्छिन्,‘स्कुलमा नियमित पढ्न थालेपछि त मेहनत गरियो भने गर्न नसक्ने केही पनि रहेनछ भन्ने आत्मविश्वास जागेको छ।’

उनी सुरुमा उक्त विद्यालयको कक्षा १ मा भर्ना भएकी थिइन्। त्यसपछि सिकाइको स्तर बढ्दै गएपछि सोही वर्ष विभिन्न तह पार गर्दै कक्षा ४ मा पुगिन्। १० कक्षासम्मको पढाइ पूरा गरेपछि सष्मा एसएलसी परीक्षामा सहभागी हुन लागेकी हुन्।





Comments

comments

5127