Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बलात्कारविरुद्ध पोखरामा पनि धर्ना

विजय नेपाल / एचकेनेपाल डट कम –
पोखरा, चैत ४- मुलुकका विभिन्न स्थानमा जस्तो कास्कीमा पनि बलात्कार घटना बढेपछि त्यसको बिरोधमा गठित लैंगिक हिंसा र बलात्कार विरुद्धको अभियान मूलआयोजक समितिले प्रधानमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

बुधबार पोखराको शहीदचोकस्थित जिल्ला प्रशासन कार्यालयको मूलगेटमा सहभागी महिलाहरुले आधाघण्टा धर्नासमेत दिए।


फोटोमा धर्ना दिदै महिलाहरु

मूलआयोजक समितिका संयोजक सुष्मा पौडेलले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुुवेदीमार्फत् प्रधानमन्त्री सुशील कोइरालालाई सातबुँदे ज्ञापनपत्र बुझाएकी हुन्। साथै उनले कास्कीका प्रजिअलाई छुट्टै पाँचबुँदे ज्ञापनपत्र बुझाइन्।

ज्ञापनपत्रमा जिल्लाभित्र बढ्दै गएको बालिका र महिलामाथिको हिंसा तथा बलात्कारजस्ता जघन्य अपराधका घटनामाथि तत्काल अनुसन्धान गरी पीडकलाई कडाभन्दा कडा कारवाही तथा पीडितलाई सुरक्षासहितको न्याय यथाशिघ्र प्रदान गरिनुपर्ने, अर्मला र भरतपोखरीलगायतका घटनामा संग्लग्न पीडकलाई तत्काल कडा कारवाही हुनुपर्ने, लैगिक हिंसामा परेका पीडकलाई कुनै पनि प्रकारको दबावमा परी राजनैतिक संरक्षण दिन नहुने, महिला तथा बालबालिकाको उजुरीमाथि तत्काल अनुसन्धान गरि छिटो छरितो न्याय दिने व्यवस्था गरिनुपर्नेलगायतका माग उल्लेख छ।

यसैगरी, महिलामाथि जघन्य हिंसा गर्ने पीडकलाई कानुनी दायरामा ल्याइ प्रभावकारीरुपमा अनुसन्धान गरी यस्तो मुद्दाको प्रभावकारी कार्यान्वयनको लागि फास्ट ट्रयाक कोर्टको तत्कालरुपमा स्थापना गरिनुपर्ने, न्यायमा सहज पहुँचका लागि स्थानीयस्तरमा उजुरी दर्ता गर्ने, मेलमिलाप गराउन नसकिने मुद्दाको सिफारिस गरी छिटो छरितो न्याय दिने संयन्त्रको निर्माण गरिनुपर्ने माग उल्लेख छ।

बिहान ११ देखि आधाघण्टा दिइएको धर्नाका कार्यक्रममा भने सहभागी महिलाहरुले विभिन्न नाराअंकित प्लेकार्ड बोकेका थिए। लैगिक हिंसाविरुद्ध एक हौ, बलात्कारीलाई सर्वस्वसहितको आजीवन कारावासको व्यवस्था गर, फाष्ट ट्रयाक कोटको व्यवस्था गर, अपराधीलाई राजनैतिक संरक्षण नगरांै, पीडितलाई सुरक्षासहितको न्याय तत्काल व्यवस्था गरियोस् जस्ता नाराअंकित थिए। समितिले ३ दिनअघि कास्कीमा बलात्कार घटनाको विरोध र्यालीसमेत आयोजना गरेको थियो। धर्ना कार्यक्रममा सहभागी हुन स्वतःस्फूर्तरुपमा विभिन्न ठाउँबाट महिला दिदीबहिनीहरु दिउँसो अबेरसम्म जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका थिए।





Comments

comments

5124