Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एसिड पीडित किशोरीहरूले यसरी दिंदैछन् एसएलसी परीक्षा (फोटोफिचर)

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, चैत्र ५ – एसिड (तेजाब) पीडित किशोरीहरू संगीता मगर र सिमा बस्नेतले अस्पतालकाे शैय्याबाट एसएलसी परीक्षा दिएका छन्।

विद्यालय शिक्षाको अन्तिम खुड्किलो मानिने एसएलसी परीक्षामा सहभागी हुन ईच्छा व्यक्त गरेपछि सरकारले उनीहरूलाई अस्पतालकाे शैय्याबाट एसएलसी परीक्षा दिने व्यवस्था गरेको हो। विहीबार शुरू भएको एसएलसी परीक्षामा संगीताले केएमसी अस्पतालकाे शैय्याबाट भाइ साेनाम तामाङकाे सहयाेगमा र सिमा स्वयंले वीर अस्पतालकाे शैय्याबाट एसएलसी परीक्षा दिदै छन्। एसएलसी दिने तयारीमा रहेका दुई किशोरीमाथि फागुन १० गते बसन्तुपुरस्थित ए प्लस ट्युसन सेन्टरभित्र एसिड प्रहार भएको थियो।

एसिड प्रहारबाट भम्भीर घाइते संगिता मगर केएमसी अस्पतालकाे शैय्याबाट भाइ साेनाम तामाङकाे सहयाेगमा एसएलसी परीक्षा दिँदै।

एसिड प्रहारबाट घाइते सिमा बस्नेत वीर अस्पतालकाे शैय्याबाट एसएलसी परीक्षा दिँदै।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

फोटो सौजन्यः सुभक महतो

सुरू भयो एसएलसी परीक्षा
५८ वर्षमा एसएलसी दिँदै छिन् मोहन वैद्यकी श्रीमती





Comments

comments

5132