Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नयाँ गभर्नरको छिनोफानो आज, को बन्ला त नयाँ गभर्नर ?

काठमाडौं, चैत ५ – नेपाल राष्ट्र बैंकको गभर्नर आज बिहीबार चयन हुने भएको छ। आजै नयाँ गभर्नर डा. युवराज खतिवडा आफ्नो पाँच वर्षे कार्यकाल सकेर अवकाशप्राप्त हुनेछन्।

गभर्नरले अवकाश पाउने अघिल्लो दिन अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वको समितिले नयाँ गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ। आज बिहान ९ बजे यसकै लागि मन्त्रिपरिषद्को बैठक बस्दै छ।

अर्थमन्त्रालय स्रोतका अनुसार नयाँ गभर्नरनका लागि प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहाकार डा. चिरञ्जिवी नेपाल र राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय महाप्रसाद अधिकारी तथा गोपला काफ्लेको नाम सिफारिस भएको छ। परिस्थितिमा नयाँ उथलपुथल नभए नेपाल नै गभर्नर बन्ने सम्भावना छ। अर्थमन्त्री महतले सिफारिसमा परेका नामहरुबारे बुधबार नै प्रधानमन्त्री कोइरालालाई अवगत गराएको कारण सिफारिसमा परेका नामहरु अब हेरफेर नहुने समाचार आजको आर्थिक दैनिकले छापेको छ।





Comments

comments

5136