कोरियामा नेवा पुचको सामुहिक सम्मान

कृष्ण पुरी / एचकेनेपाल डट कम –
दक्षिण कोरिया । नेवा पुच कोरियाले १५ मार्च आइतबारका दिन संस्थालाई बिशेष योगदान पुर्याउने हुने संस्थाका पूर्वसचिब, कोषध्यक्षलगायत सदस्यहरुलाइ सामुहिक सम्मान तथा बिदाई गरेका छन्।

कोरियामा नेपालीहरुलाई पत्रकारिताको साथसाथै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएबापत नेवा पुचका पूर्वसदस्यहरु नमस्ते नेपाल कोरिया डटकम का प्रधानसम्पादक तथा नेपाली वेब टिभीका प्रमुख निर्देशक रमेश खावाजु तथा कोरियामा नेपालीहरुको सहयोगी साथी ई.पी.एस.छिन्गु (अरुण श्रेष्ठ) लाई सम्मान तथा बिदाइ गरेका छन्। त्यस्तै नेवा पुच दक्षिण कोरियाकी पूर्वसचिब सन्ध्या बुद्दचार्य , कोषाध्यक्ष सदस्य सज्जन जोन्छे तथा सदस्य राजेन्द्र कबुलगायतलाई सामुहिक सम्मान र बिदाई गरिएको हो।

आइतबार सउलस्थित यति रेष्टुरेण्टमा नेवा पुच कोरियाले एक कार्यक्रम आयोजना गरी नवनिर्बाचित अध्यक्ष कृष्ण मुस्यानको सभापतित्वमा उक्त सम्मान तथा बिदाई कार्यक्रम गरेको थियो। प्रमुख अतिथि रहनुभएका गुरुजु डा. नबिन बज्राचार्यले आफ्नो बधाई शुभकामना सन्देशमा हामी अहिलेको पुस्ताले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने र बिदेशमा पी. आर . ग्रीन कार्ड मोह त्यागी नेपालकै माटोलाई माया गर्नुपर्ने सुझाब राख्नुभएको थियो।

कार्यक्रममा पूर्वअध्यक्ष तथा नेपाल कोरिया साँस्कृतिक मंचका अध्यक्ष रमेश श्रेष्ठ, कलाकार तथा ब्यबसायी गम्भीर मान श्रेष्ठ, वोमन फर वोमन की अध्यक्ष मालिका थकाली श्रेष्ठलगायत अतिथिहरु पनि उपस्थित रहनुभएको थियो। कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष मुस्यानले बिदाई तथा सम्मानित हुनुभएका सबैलाई आगामी दिनमा पनि जहाँ रहेपनि सामाजिक सहयोग कार्य गर्दै र नेवा पुचलाई सम्झिरहन अनुरोध गर्नुभएको थियो।

दिउसो साढे ३ बजेदेखि साँझ छ बजेसम्म चलेको कार्यक्रममा नेवा पुचका साथीहरुको रात्रिभोजनसगै दुख सुख साटासाट गर्दै अन्त्य गरिएको थियो।

फोटोः युदीप फोटोग्राफी





Comments

comments

5145