मोटोपन घटाउन धरानमा हेल्दी होम

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
मोटोपनले पीडित धरान तथा पूर्वकाहरुको लागि धरानमा धरान हेल्दी होमको सुरुवात भएको छ।

शनिबार धरानमा हेल्दी होमको ब्रान्ड एम्बसडर तथा अभिनेत्री करिष्मा मानन्धर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा.विक्रमप्रसाद श्रेष्ठ , कोसी अञ्चल प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी पवनप्रसाद खरेलले संयुक्त रुपमा धरानमा उद्घाटन गरिएको छ। काठमाडौँ ,चितवन ,बुटवलपछि पूर्वमा पहिलो पल्ट धरानमा हेल्दी होमको सुरुवात गरिएको हो।

उद्घाटन पछि कार्यकर्ममा अभिनेत्री करिष्माले धरानेहरुलाई सौन्दर्य टिप्स बताईरहेकी थिईन्। धरानका डाक्टर, प्रहरी अधिकृत र स्थानीय महिलाहरु माझ आफू दैनिक २ घण्टा शारिरीक अभ्यास गर्ने गरेको बताउँदै सौन्दर्य टिप्स दिएकी करिष्माले व्यस्त दैनिकी भएका शहरीया महिलालाई शरिरको बोसो पगालेर तौल घटाउन सुझाव दिईन्। उनले भनिन् ‘खानेकुरा धेरै नखानुस्, दिउँसो सुप खानुस् अनि विहान हल्का एक्सरसाईज गर्नुस्।’

पूर्वमा पहिलो पटक धरानमा सुरु भएको विना शारीरिक परिश्रम बोसो घटाउने कोरियन प्रविधिको ‘धरान हेल्दी होम’को उद्घाटन कार्यक्रममा हेल्दी होमको ब्रान्ड एम्बासडरका रुपमा धरान आईपुगेकी करिष्माले सहरीयाहरुलाई यसले फाईदा गर्ने र आफूले पनि चार वर्षदेखि त्यसैका फाईदा लिईरहेको बताईन्।

कार्यक्रममा बोल्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा.विक्रमप्रसाद श्रेष्ठले मोटोपनका कारण मानिसमा विभिन्न रोग देखा पर्ने भएकाले बेलैमा सचेत रहन सुझाव दिए। विपी प्रतिष्ठानकै एसोसिएट प्रोफेसर डा.मोहनचन्द्र रेग्मीले सहरका महिलाहरुमा मोटोपनाले समस्या बढिरहेको र स्वास्थ्यमा गम्भीर बन्नु पर्ने अवस्था आईसकेको बताए।

कोसी अञ्चल प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी पवनप्रसाद खरेलले पनि शरिर फिट रहन मोटोपन नियन्त्रण गर्नु पर्ने बताए। अनौपचारिक रुपमा २ महिना अघिदेखि नै सञ्चालन भईरहेको धरान हेल्दी होम नाकाबन्दी र बन्द, हड्तालका कारणले औपचारिक सुरुवात गर्न ढिलाई भएको निर्देशक सुप्रिया माझी बनेपालीले बताईन्। उनले स्वास्थ्य र सौन्दर्यकालागि हेल्दी होममा आउनेहरुको संख्या बढिरहेको बताउँदै निकट भविष्यमै पूर्वका इटहरी, विराटनगर र विर्तामोडमा पनि हेल्दी होम सञ्चालन गर्ने जानकारी गराईन्।





Comments

comments

Leave a Reply

10021