नाकाबन्दीले सिर्जित रगत अभावलाई कम गर्न पोखरामा विद्यार्थीद्वारा रक्तदान

सुबास मल्ल / एचकेनेपाल डट कम –
भारतको अघोषित नाकाबन्दीका कारण सिर्जित रगतको अभावलाई कम गर्न पोखरा विश्वविद्यालय युवा रेडक्रस सर्कलले रक्तदान कार्यक्रम आइतबार सम्पन्न गरेको छ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पस लेखनाथमा आयोजित उक्त कार्यक्रममा ९७ युनिट रगत संकलन गरिएको सर्कलका अध्यक्ष सुजन पौडेलले जानकारी दिए।

उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति वामदेव ढुंगानाले युवा शक्तिको आड भरोसामा मात्र देश अगाडी बढ्न सक्नेमा जोड दिए। उनले अगाडी भने,“देशलाई आवश्यक पर्दा युवाहरुले नै पहल कदमी लिनुपर्छ।”

प्रमुख अतिथी ढुंगानाले प्रथम रक्तदाता विजय सापकोटालाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रमुख अतिथीले प्रमाणपत्र समेत वितरण गरेका थिए । कार्यक्रम रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो।

कार्यक्रम कमिटीका अध्यक्ष सुजन पौडेलको अध्यक्षता, उपाध्यक्ष अमृत पौडेलको स्वागत तथा सचिव ध्रुव केसीको सञ्चालनमा सम्पन्न भएको थियो।





Comments

comments

Leave a Reply

10023