Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गृहमन्त्रीद्वारा गल्ती स्वीकार्दै आत्मालोचना…

काठमाडौं, भूकम्पपीडित परिवारका बालबालिकाको अधिकार खोसी पार्टी अध्यक्ष प्रचण्डका नातिनी र आफन्तलाई चीन पठाएकोमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले जिम्मेवारी लिँदै आत्मालोचना गरेका छन्।

पार्टी स्थायी समितिको शनिबारको बैठकमा यो निर्णयबारे सहभागीबाट चर्को आलोचना र प्रचण्ड स्वयंले यसमा अनविज्ञता प्रकट गरेपछि गृहमन्त्री बस्नेत स्पष्टीकरण दिन बाध्य भएका थिए।

एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका गृहमन्त्री बस्नेतले चीन पठाउने सूची अनुमोदन गर्ने क्रममा आफूबाट गल्ती भएको स्वीकार गर्दै आत्मालोचना गरेका थिए। सहभागीले उनलाई सरकारबाट फिर्ता बोलाउन समेत माग गरेका थिए। बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार सञ्चालन गर्न गठित संयन्त्रबाट आफूलाई हटाइदिन आग्रह समेत गरे। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।





Comments

comments

Leave a Reply

10019