नेपालमा मानवीय सङ्कट आउने विश्व खाद्य कार्यक्रमको चेतावनी 

संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले भारतबाट आपूर्तिमा अवरोध जारी रहे नेपालमा गम्भीर मानवीय संकट आउनसक्नेतर्फ सचेत गराएको छ।

डब्लुएफपीले शनिबार जारी गरेको विज्ञप्तिमा तीन महिना पुग्न लागेको सीमानाकाको अवरोधले नेपालमा आपूर्तिमा कमी आइरहेको र खाद्यवस्तुको मूल्यवृद्धि जारी रहे गम्भीर मानवीय संकटबाट जोगिन कठिन हुने उल्लेख छ।

‘मूल्यवृद्धिको सामना गर्दै मानिस आफ्ना परिवारलाई खाना खुवाउन प्रयासरत छन्, भूकम्पपछिको अवस्थामा अभावको सामना गर्न नसक्दा कुपोषण बढ्न सक्ने अवस्था छ,’ डब्लुएफपी एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक डेभिड कात्रुडको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ । तीन महिनादेखिको अवरोधका कारण नेपालमा खाद्यान्न र इन्धन अभावका कारण असहज अवस्थामा पुगेको विश्व खाद्यको भनाइ छ।

नेपाल विशेषगरी भारतबाट हुने आयातमा निर्भर रहेको तथा आधारभूत खाद्य पदार्थ खाने तेल, चामल, दाल, चिनी, नुनको बजारमा कमी रहेको र त्यसको आपूर्ति कम भइरहेको विज्ञप्तिमा उल्लेख छ । डब्लुएफपीका अनुसार दाल, खानेतेललगायतका वस्तुको मूल्य पछिल्लो तीन महिनामा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

वैशाखमा गएको भूकम्प र त्यसपछिका परकम्प तथा सीमा अवरोधका कारण खाद्यवस्तुको मूल्य दुई गुना बढेको उसले जनाएको छ । भूकम्प प्रभावित गोरखा जिल्लामा भूकम्पअघि दुई हजार पाँच सय पर्ने २५ केजी चामलको बोरा अहिले पाँच हजार पर्ने, खानेतेल र चिनीको मूल्य पनि दुई गुना बढेको विज्ञप्तिमा उल्लेख छ। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10012