नेपालको राष्ट्रिय फुटबल टिममा को को परे? हेर्नुहोस् …

काठमाडौं, विंगर नवीन लामा र गोलकिपर अमृत चौधरी पहिलोपल्ट नेपाली राष्ट्रिय फुटबल टिममा परेका छन्। यी दुईसहित मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले साफ च्याम्पियनसिपका लागि २० खेलाडीको आइतबार टुंगो लगाएका छन्।

कप्तान सागर थापा र उपकप्तान सन्दीप राई खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि बाहिरिएका थिए। दोस्रो चरणमा छनोट भएका २७ खेलाडीमध्ये भरत खवास, देवेन्द्र तामाङ र शिव श्रेष्ठ चोटका कारण टिमबाट हटे।

टिमको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु र अमृत चौधरी छनोट भएको खबर कान्तिपुर दैनिकमा प्रकाशित छ। विराज महर्जन, रविन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामाङ, रञ्जित धिमाल र आदित्य चौधरी डिफेन्समा छानिए। मिडफिन्डरका रुपमा भने रोहित चन्द, जगजित श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, योगेश गुरुङ र नवीन लामाले खेल्नेछन्। फरवार्डमा अनील गुरुङ, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अञ्जन विष्ट छनोटमा परेका छन्।





Comments

comments

Leave a Reply

10033